छिमेकी दुवै देशबाट नेपालले लाभ लिनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

सार्थक व्युरो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको र सोही सोच समस्या बन्न लागेको बताउनुभएको छ।धरानमा नेकपा एमालेका नेताहरूसँग शुक्रबार भएको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने र कुर्न सक्ने क्षमता कम भएको बताउनुभयो । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले समयमै सोच्नु पर्नेमा पनि भण्डारीले जोड दिनुभयो ।राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उहाँले अपिल गर्नुभयो ।अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन’, उहाँले भन्नुभयो ।नेपाल जस्तो भौगोलिक अवस्थितिमा छ, त्यस हिसाबले नेपाली अति गौरवशाली र भाग्यमानी भएका उहाँले बताउनुभयो । ‘एकातिर ठुलो विकसित देश चीन छ, अर्कोतिर छिमेकी मित्रराष्ट्र भारत छ, दुवै देशले धेरै विकास गरेका छन्, यसबाट नेपालले लाभ लिनु पर्छ’, उहाँले भन्नुभयो ।सामान्य मात्रै होइन विज्ञान र प्रविधिमा दुवै देशले फड्को मारेका उहाँले बताउनुभयो । त्यहीबाट आएका दैनिक उपभोग्य सामानबाट नेपालले सेवा लिएर नेपालीले गुजारा गरिरहेको स्थिति रहेको भण्डारीले सुनाउनुभयो । त्यसले नेपालीको स्वदेशमा काम गर्ने बानी नै छुटेको भण्डारीले बताउनुभयो ।
यसले देशमा बिस्तारै बेरोजगारी बढी रोजगारीको खोजीमा युवा विदेश पलायन भएको उहाँको धारणा छ । ती विकसित देशको विकासबाट नेपालीले लाभ लिनै नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित