क्याप्टेन वेद ‘उप्रेतीको पायलट प्रेम’बिमाेचन

सार्थक व्युरो । क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक बजारमा ल्याएका छन । क्याप्टेन उप्रेतीले ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा ल्याएका हुन ।बिहीबार महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पुुस्तक बिनोचन गरेका छन । पाईलटको जिवनमा आधारित उक्त पायलट प्रेम नामक उपन्यास बिमाेचन गरेका छन ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक बजारमा ल्याएको बताए ।पायलटकाे भुमिकामा मात्र रहेनन उनि सामाजिक झेत्रमा समेत सक्रिय ब्यक्तित्व हाे क्याप्टेन बेद उप्रेती।बिमाेचन कार्यक्रममा क्याप्टेन बेद काे आमा,नेपाली सेनाका जर्नेल थापा प्रेस काउन्सिल सदस्य हरि प्रसाद जोशी समाजसेवी लाेक बहादुर ठकुराठी, सुभाष सिंह, बिरेन्द्र तिवारी, अधिवक्ता प्रकाश पाण्डेय, लगायतकाे सहभागिता रहेकाे थियाे। कार्यक्रमकाे संचालन डा. कृष्णदत्त जोशीले गरेका थिए। संचालनका क्रममा डा.जाेशीले क्याप्टेन बेद उप्रेती पाईलटको भुमिका मात्रै नभई देशविदेशमा मातृभूमिको नाम राखेको बताए । क्याप्टेन वेद उप्रेतीले कोरोना महामारीका बेला ईण्डोनेसियामा रचेर पाईलटको जिवनमा आधारित पुस्तक निकालेको बताए ।यस अघि क्याप्टेन बेद उप्रेतीले भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका थिए । महेन्द्रनगर म्युजिमका संचालक समेत रहेका क्याप्टेन उप्रेतीको उक्त पुस्तक बिमोचन कार्यक्रममा विभिन्न समाजिक क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित