नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सुरु गरेको छ ।आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको पार्टीको ‘मिसन–८४’ अभियानसँगै नेकपा ९एमाले० धादिङ वडाकेन्द्रित अभियानमा जुटेको हो ।
केन्द्रीय कमिटीको निर्णय अनुसार नेकपा ९एमाले० धादिङले सङ्गठनका कमजोरी, जनताको चासो र गुनासो सङ्कलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियान सुरु गरेको पार्टीका केन्द्रीय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले बताउनुभयो ।
‘जरा अभियान वडा केन्द्रित कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघाट गर्ने, समस्या के हो रु आवश्यकता के के छन् रु सङ्कलन गर्ने र कार्यान्वयनमा पहल हुनेछ’, केन्द्रीय सदस्य लोहनीले भन्नुभयो े–‘हामी सरकारमा रहेको समयमा भएका कामहरूको प्रचार गर्दै एमालेमाथि हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्नेछ ।
एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउने र जनताको सुझाव सङ्कलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान सञ्चालन गरिएको नेकपा ९एमाले० धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
वडा केन्द्रित अभियान अन्तर्गत तीन महिनासम्म सञ्चालन हुने जरा अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरू प्रत्यक्ष रूपमा खटिनेछन् । सङ्गठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा सङ्कलन गरिने र सम्बोधनको प्रयास हुने अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
‘जनसङ्गठनमार्फत विभिन्न पेसा र व्यवसायमा रहेका गैरएमालेपङ्क्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ । एमालेले नेतृत्व गरिरहेका र यसअघि नेतृत्वमा हुँदा गरेका कामहरूको प्रचार हुनेछ ।’
स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र सङ्गठित सदस्य नवीकरण, जनसङ्गठन कमिटी गठन, सरकारको समृद्धिको अभियानलाई सफल बनाउने एजेन्डा अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने नेकपा ९एमाले० धादिङका सचिव राधिका सापकोटाले बताउनुभयो ।
‘अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ’, सचिव सापकोटाले भन्नुभयो ।
बुधबार मदन–आश्रित भवन धादिङबेसीमा भएको जिल्ला कमिटीको छैटौं बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सचिव नवराज सिलवालले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिनुभयो ।
















Discussion about this post