उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझन राष्ट्रपति पौडेलअस्पतालमा

सार्थक ब्यूरो। राष्ट्रपति रामचन्द्र पौडेल पोखरामा उडाउन लागेको बेलुन फुटेर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पूग्नुभएको छ ।उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य शनिवार घाइते हुनुभएपछि कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार सुरु अघि बढाइएको छ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल आज बिहान कीर्तिपुर अस्पतालमा जानुभएको हो ।
अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्षमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ।
उपचार टोलीका सदस्य डा. विशाल कार्कीले अर्थमन्त्री पौडेल र मेयर आचार्यले धुँवा निलेको र जलनको (घाउको) सम्भावित जटिलतालाई ध्यान दिई दुई दिनसम्म आइसीयुमै राखेर उपचार गरिने जानकारी दिनुभयो।

 

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्केको आगोको झिल्कोले टिपेपछि शनिबार ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन पड्किएपछि उत्पन्न धुँवा अर्थमन्त्री पौडेल र मेयर आचार्यले निलेका कारण फोक्सोमा असर पर्नसक्ने भएकाले चिकित्सकहरूले उच्च निगरानीमा उपचार गर्नुपरेको बताएका छन्। अहिले दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मिका अनुसार प्रारम्भिक मूल्यांकन गर्दा मन्त्री पौडेलको अनुहारको भागमा ५र६ प्रतिशत जलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित