हत्या आरोपमा फरार काँग्रेस नेता पक्राउ

सार्थक ब्यूरो । हत्या अभियोग लागेपछि फरार काँग्रेस कञ्चनपुरका नेता काठमाडौंबाट पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सदस्य उद्धब बोहरालाई काठमाडौंमा पक्राउ गरिएको छ ।बोहरा बेदकोट नगरपालिका–१ का हुन् । ३४ वर्षीय बोहरा काँग्रेसको १४ औं महाधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भएका थिए । उनलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । बोहरामाथि बेदकोटका हर्क बहादुर खडायतको हत्या गरेको आरोप छ ।एसपी जोशीका अनुसार बोहरा सहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए । तत्कालीन समयमा पाँच जना विरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो ।तर, खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित