जातियताका आधारमा हुने हिंसाका विषयक अन्तरक्रिया

सार्थक ब्यूरो । जातियताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।दलित महिला संघ ९फेडो० कैलालीले शुक्रवार पत्रकारहरू सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा फेडो कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा अध्ययन प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए। उनले नेपालमा महिला तथा बालिकामाथि हुने हिंसामा घरेलु हिंसाको हिस्सा अत्यधिक रहेको निष्कर्ष निकालिएको बताए।
नेपाल प्रहरी प्रधान कार्यालय नक्साल सूचना तथा सञ्चार महाशाखाको विवरणलाई आधार बनाएर तयार पारिएको प्रतिवेदनमा आर्थिक वर्ष २०८०र०८१ र चालु आर्थिक वर्षका पहिला दुई महिनामा गरी २४ हजारभन्दा बढी उजुरी दर्ता भएकोमा ८२ दशमलव २३ प्रतिशत हिस्सा घरेलु हिंसाको देखिएको उल्लेख छ।
महिलातर्फ मधेसी र बालिका तर्फ जनजातिमा धेरै हिंसा भएको र महिलातर्फ कम हिंसाका घटना भएको समुदायमा ब्राह्मण देखिएको अध्ययन प्रतिवेदनको निष्कर्ष छ।
जातीय विभेदका प्रहरीमा ३४, राष्ट्रिय मानव अधिकार आयोगमा ७, राष्ट्रिय दलित आयोगमा ५८, फेडोको कार्य क्षेत्रमा २९२ घटना र इन्सेकमा ६२ वटा उजुरी र घटना दर्ता भएको प्रतिवेदन उल्लेख छ।
महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक रहे पनि आवाजविहीनको आवाज भनेर चिनिने आमसञ्चार माध्यममा त्यस्ता विषयमा खोजी वा अनुसन्धानमूलक विषयगत पत्रकारिताको अभ्यास गरेको नपाइएको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको संयोजक घिमिरेले बताए। उक्त प्रतिवेदन केन्द्रका तीन र प्रत्येक प्रदेशका एक एक मिडियाको अध्ययनको आधारमा तयार पारिएको थियो।
११५औ अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालमा जातीय तथा लैङ्गिकताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भूमिकाका विषयमा छलफल गरिएको थियो।
छलफल कार्यक्रममा बोल्दै पत्रकार महासघका अध्यक्ष श्रवण देउवाले पत्रकार महिला हिंसा र विभेदका मुद्दा उठाउँदै आएको बताए । उनले आगामी दिनमा अझै प्रतिवध भए लाग्ने बताए।
फेडोकी जिल्ला अध्यक्ष सबिना सुनारले पछिल्लो समय हिंसाका घटना बढेको बत्ताइन। उनले जातीय विभेद, महिला हिंसाका घटना बढेकोले सञ्चार माध्यमको यसमा विशेष भूमिका हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित