गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

सार्थक ब्यूरो । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने बताएका हुन् । उनले फालिसकेको राजाले लोकतन्त्रको उपयोग गरिरहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन राजालाई चुनौती दिए । केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’
आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै भएको र आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास नेपालमा मात्रै भएको गृहमन्त्री लेखकले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित