सार्थक ब्यूरो ।सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौं दिक्षान्त समारोह एक कार्यक्रम बिच सम्पन्न भएको छ । समारोहलाई सम्बोेधन गर्दै प्रधानमन्त्री केपि शर्र्मा ओलीले सबै जातजाति भाषाभाषी र क्षेत्र विशेष समृद्धि र शिक्षित हुनु पर्दछ भन्ने मेरो मान्यता रहेको र विश्वविद्यालय स्थापनाका लागि आफुले खेलेको भुमिका बारेमा समेत उल्लेख गरेका थिए ।
प्रधानमन्त्री ओलीले सुदुरपश्चिको समग्र विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । सम्बोधन का क्रममा पर्सुराम धाम क्षेत्रको समेत चर्चा गर्नु भयो यस क्षेत्रका विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् ।सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै कुलपति ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका हुन् ।‘गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर मैलेले पहिलेदेखि नै कुरा उठाउँदै आएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’सुख्खाबन्दरगाह , छेलाऔद्योगिक क्षेत्र निर्माण को कार्य अबिलम्ब पुरा गर्ने वचन बद्धता समेत जनाएका छन । कार्य बेस्तताले थप कार्यक्रम संचालन को जिम्मेवारी उपकुलपति हेमराज पन्तलाई सुम्पीदै प्रधानमन्त्री ओली सुदुरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्न धनगढी प्रस्थान गर्नु भएको छ ।कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् ।


















Discussion about this post