सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

‘महाराज, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्’

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन २५, आईतवार १०:३९
in Breaking (With Image), राजनीति, समाचार, हाम्रो विचार
0
‘महाराज, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्’

नेकपा एमालेका जननेता मदन भण्डारीले २०४७ चैत ५ गते काठमाडौंको खुलामञ्चमा दिनु भएको भाषण बहुचर्चित भएको थियो । त्यसबेला पञ्चायती तानाशाही व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएको भर्खर एक वर्ष पूरा भएको थियो । राजा वीरेन्द्र संबैधानिक रुपमा सिंहासनमै थिए । उनलाई उक्साएर नयाँ संविधान बनाउन अवरोध पुर्याउने भित्री षडयन्त्र भइरहेको थियो राजाबादीहरुबाट । जनान्दोलनलाई दमन गर्न सेना समेत उतार्ने पञ्चायती शासकहरुलाई नयाँ सत्ताले कुनै कार्वाही चलाएको थिएन ।
२०४७ सालमा राजालाई संबैधानिक सम्मान दिएर प्रजातान्त्रिक संविधान जारी भयो । आफुलाई संबैधानिक राजाको रुपमा सम्मान लिएर बस्न र शासनसत्ता जनतामा हस्तान्तरण गर्न राजी भए राजा वीरेन्द्र । तर, २०५८ जेठ १९ गते शुक्रबार राती उनको हत्या भयो, कोतपर्व शैलीमा । नारायणहिटी दरवार हत्याकाण्ड हुँदा पोखरामा रहेका व्यापारी पृष्ठभूमिका राजपरिवार सदस्य ज्ञानेन्द्र शाहलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अग्रसरतामा राजनीतिक सहमति बनाएर नयाँ राजा बनाइयो । तर, ज्ञानेन्द्रले छिटै व्यहोरा देखाइहाले । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरेर सेनाको बुट बजार्दै ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते सत्ता मुठ्ठीमा लिए ।
जनभावना अनुसार चल्छु भन्ने आफ्नै परम्परा र वीरेन्द्रले स्वीकार गरेको संबैधानिक राजतन्त्रको अवधारणा विपरीत ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि २०६२/०६३ सालमा माओबादी विद्रोहीको समेत सहकार्यमा अभूतपूर्व जनान्दोलन भयो । जसले राजतन्त्रको अवशेषलाई इतिहासको पानामा सीमित तुल्याइदियो । तानाशाह बन्ने सपना देखेका ज्ञानेन्द्रले भिजेको मुसो बनेर नारायणहिटी छाड्नु पर्यो । गणतन्त्रको उदय भयो । गणतन्त्र आउनुमा ज्ञानेन्द्रको आफ्नै व्यहोरा पनि जिम्मेवार छ ।
गणतन्त्र आइसकेपछि पनि जनताले पूर्व राष्ट्राध्यक्ष (नागरिक)को रुपमा ज्ञानेन्द्र शाहलाई उच्च सम्मान दिएकै थिए । तर, यो सम्मान अहिले आएर अपच भएको भान हुँदैछ । पूर्वराजा वीरेन्द्र शाहको बंशसंहारपछि राजा बनेका ज्ञानेन्द्र शाहले आजको युगका सचेत नेपाली जनताबाट पाउने अबको सजाय अकल्पनीय पनि हुनसक्छ । नेपालमा अराजकता मच्चाएर नेपाली सार्वभौमसत्तालाई रिमोटमा चलाउन चाहने उत्तर प्रदेशवाला छिमेकी, नयाँ केशरजंग रायमाझी पथमा पतन भएका अभियन्ता र जनताको मत जित्न असफल पञ्चायती शासनको धङ्धङीवाला दलको उक्साहटमा लोकतन्त्रविरुद्ध सडकमा हर्कत भयो भने राजा बन्न रहर गर्नेहरुले देशमा बस्ने ठाउँ पनि नपाउन सक्छन् ।
नागरिकलाई रैती बनाउन खोज्ने प्रतिगामी हर्कत कुनै हालतमा स्वीकार्य छैन । जनताले एउटा नेता मन नपरे अर्को नेता चुन्छन् । लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र नै हुन्छ, राजतन्त्र हुनै सक्दैन । प्रस्तुत छ–जननेता मदन भण्डारीले राजा वीरेन्द्रलाई लक्षित गरेर ३४ वर्ष अघि दिएको भाषणको अंश । यो भाषण ज्ञानेन्द्र शाह र उनलाई राजा बनाउँछु भनेर तम्सिनेहरुलाई सच्चिने पाठ हुनसक्छ भनेर प्रकाशित गरेका हौं ।–सम्पादक (लाेकतन्त्र पाेष्ट का सम्पादक संग सहमत भइ हामीले पनि प्रकाशित गरेका छाैं -सम्पादक।)
यस्तो छ मदन भण्डारीको भाषण-
हामीले त यो भनेका छौं जुन त्रिपक्षीय (बाम मोर्चा, नेपाली कांग्रेस र राजा) सम्झौता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन् । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिस्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।
अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं ।
नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो । अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ र ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीप्रति के धारणा छ ?
अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्यो भन्ने पनि त मनमा लाग्ला । किन र ? हामी दुईवटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति (२०४६ साल अघिको शक्ति भनेको हो) हो र कम्युनिस्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।
अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।
तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।
त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झौता गर्न आउनुपर्यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्यो ।
त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए, भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं ।
मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् । आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।
यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिस्ट मान्छु र र ? यसो हुनाले यो पारस्परिक कुरा हो ।-लाेकतन्त्र पाेष्ट बाट

Previous Post

धनगढीमा आन्दोलनरत विद्यार्थीले झन्डा हटाए

Next Post

सुदुरपश्चिम विश्व विद्यालयको पाँचौं दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली

Next Post
सुदुरपश्चिम विश्व विद्यालयको पाँचौं दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली

सुदुरपश्चिम विश्व विद्यालयको पाँचौं दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.