घरेलु महासँघ अध्यक्षमा महरा

सार्थक ब्यूरो ।नेपाल घरेलु तथा साना उद्योग महासँघ शाखा कञ्चनपुरको छैटौं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाले विर बहादुर महराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । महासँघका अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरु पारित गर्दै नयाँ कार्य समिति गठन गरेको छ । कार्य समिति वरिष्ठ उपाध्यक्षमा खेम राज जोशी, उपाध्यक्षमा कृष्ण प्रसाद जोशी, महासचिवमा बिमला भट्ट, कोषाध्यक्षमा दिपक राज भट्ट, कार्य समिति सदस्यमा बेवी बोहरा, श्रवण कुमार चौधरी, कमल चटौत, सन्देश पाण्डेय, चयन भएका छन ।
त्यसै गरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा हरि प्रसाद जोशी, प्रकास रावल, हेमराज जोशी, र दुर्गा जोशी भट्ट चयन भएका छन । महिला उद्यम समितिको अध्यक्षमा मन्जु केसि र सचिवमा देवकि ठगुन्ना चयन भएका छन । महिला केन्द्रिय प्रतिनिधिमा माया भट्ट, सुमित्रा ऐरि चयन भएका छन भने पदेन केन्द्रिय प्रतिनिधिमा विर बहादुर महरा, विमला भट्ट, मन्जु केसि, र देवकि ठगुन्ना लगायत सबै सर्व सम्मतिले चयन भएका छन । महासँघको २६ औं वार्शिक साधारण सभा तथा २७ औं राष्ट्रिय महाधिवेशन २०८२ बैशाख १२ र १३ गते काठमाण्डौमा सम्पन्न हुन गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित