सार्थक ब्यूरो । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रहरीमा सुधारको आवश्यकता रहेको भन्दै साइत कुरेर नबस्ने बताउनु भएको छ ।मंगलबार बिहान दर्ज्यानी चिन्ह प्राप्त गरेपछि उहाँले प्रहरीमा सुधारको आवश्यकता रहेको हुँदा आफैबाट सुरूवात गर्ने प्रतिवद्धता जनाउनु भयो ।
‘प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने म विश्वास पनि गर्दिनँ,’ थापाले भन्नुभयो, ‘प्रहरीमा सुधार आवश्यक छ र त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन। यो सुधारको प्रारम्भ कोही र कसैबाट होइन, म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन।’
आइजीपी थापाले आपराधिक प्रभावलाई निस्तेज पार्ने प्रतिवद्धता पनि जनाउनु भयो । ‘अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दबाबलाई मेरा साथी सहकर्मीहरूको साथ र सामूहिक प्रयासका साथ त्यस्तालाई निस्तेज गरेर अगाडि बढ्ने ढृढता समेत यस अवसरमा व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।


















Discussion about this post