धवलशमशेर लाई कारबाही गर्ने कि नगर्ने भन्ने सङ्कटमा राप्रपा

सार्थक व्युरो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर जबरालाई कारबाही गर्ने कि नगर्ने भन्ने धर्मसङ्कटमा देखिएको छ । पार्टीभित्र तत्काललाई कारबाही गर्नुपर्ने मत बलियो गरी प्रकट भएको राप्रपाका नेताहरू बताउँछन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले धवलको कारबाही नरुचाउने डर पनि उत्तिकै छ ।
‘हामी धर्मसङ्कटमा छौं । हामी कति स्वतन्त्र हुन सक्छौं भन्ने प्रश्न उब्जिएको छ,’ राप्रपाका एक नेताले भने ।उनका अनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा पक्राउ परेकालाई कारबाही गर्ने अभ्यास छ । यो कुनै पनि पार्टीको राजनीतिक जीवनमा हुनुपर्ने विषय पनि हो । किनभने, भ्रष्टाचार र फौजदारी जस्तो गम्भीर अभियोग लागेको व्यक्तिलाई पार्टीले संरक्षण गरेको सन्देश जानु स्वयम् पार्टीको हितमा हुँदैन ।
‘कारबाही गरौं भने निर्मल निवासले के भन्छ ?’ राप्रपालाई परेको सङ्कटबारे ती नेताले भने, ‘हामीलाई साच्चै धर्मसङ्कट परेको छ । कारबाही नगरौं गम्भीर अभियोग लागेको छ । कारबाही गरौं एकातिर आन्दोलनलाई नैतिक समर्थन थियो, अर्कोतिर निर्मल निवासको सन्देश फरक आउन सक्छ ।
निर्मल निवास भनेर नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संकेत गरेका हुन् । पूर्वराजा शाह निर्मल निवासमा बस्दै आएका छन् । राजावादीको आान्दोलन हिंसात्मक भएपछि उक्त आन्दोलनमा संलग्न रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा सहितका नेताहरू पक्राउ परेका छन् ।उनीहरू राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गर्ने भूमिकाको मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।
धवलशमशेर सांसद समेत रहेकाले उनलाई पार्टीले गर्ने निर्णय र लिने नीतिले दीर्घकालसम्म असर गर्ने नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित