सार्थक ब्यूरो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फितरको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ :“मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फितरको सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना । रमादानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने यस पर्वले परिवार र समाजमा आपसी प्रेम र सद्भावलाई अझ प्रगाढ बनाउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।”



















Discussion about this post