चोरीमा संलग्न चार जना पक्राउ

सार्थक ब्यूरो। भीमदत्त नगरपालिका ७ हल्दुखालका केशब सिह महराको घरबाट सुनका गरगहनामा चोरीमा संलग्न चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई चोरीका गरगहना सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
उनीहरुसंगै चोरीका गरगहना किन्ने दुई जना पनि पक्राउ परेका छन् । उनीहरुमा निङ्गलाशैनी सुनचाँदी पसलका सञ्चालक नविन पौडेल र इशा पौडेल छन् ।
चोरीमा संलग्न चार जना भीमदत्त नगरपालिका वडा नं. ४ र ६ का छन् । भीमदत्त नगरपालिका ६ का राहुल चन्द (३०) पक्राउ गरिएका छन् । उनी बाहेक अन्य तीन जना ४ नम्बर वडाका छन् । उनीहरुमा अमित खत्री(२६), चक्र सुनार(२७) र महेन्द्र नायक(१८) का छन् ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनेको समय लिइएको छ ।
एक साता अघि चैत १२ गते महराको घरमा चोरी भएको थियो । महरा परिवारले जिल्ला प्रहरी कार्यालयमा घरबाट विभिन्न गरहगना चोरी भएको प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीका अनुसारको सुनको छड्के तिलहरी १, सुनको मंगलसुत्र ३, सुनको औंठी २, सुनको काँटा २, सुनको नागिन माला १, सुनको चन्द्रमा १, सुनको गलोबन्द १, सुनको कानमा लगाउने झुम्का २, चाँदीको औंठी १ र गलाएको सुन १६.१४ ग्राम चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश राज जोशीले गोप्य सूचनाका आधारमा उनीहरु सबैलाई चोरीका गरगहना सहित पक्राउ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित