श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालय पुगे

सार्थक ब्यूरो। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेका छन् । नेकपा (एमाले) बाट फुटेर माध वकुमार नेपालको नेतृत्वको २०७८ भदौमा गठन भएको एकीकृत समाजवादीको कार्यालयमा प्रधानमन्त्री ओली सोमबार पुगेका हुन् ।
यस अघि ओली एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिएनन् । सोमबार प्रधानमन्त्री ओली एकीकृत समाजवादी कार्यालय पुग्दा त्यहाँ हालै एमालेले पार्टीबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि सँगै देखिएका छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन् । चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग सहित दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी समेत भएको थियो ।
एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएको र शव पार्टी कार्यालय आलोकनगरमा राखिएकोले श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पुगेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित