धनगढीमा युवा संघले भलिबल प्रतियोगिता गर्दै

सार्थक ब्यूरो। धनगढीमा युवा संघले भलिबल प्रतियोगिता गर्ने भएको छ।राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले २ लाख २५ हजार पुरस्कार रहेको भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो।
युवा संघले चैत २९ गतेदेखि वैशाख २ गतेसम्म धनगढी रङ्गशालामा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दैछ। राष्ट्रिय युवा संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले २ लाख २५ हजार प्रथम पुरुरकार, एक लाख २५ हजार दोस्रो र ७५ हजार तेस्रो हुने टोलीले पुरस्कार पाउने बताएको छ। चैत १९ गतेबाट सञ्चालन हुने भनिएको भलिबल प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका कारण स्थगित गरिएको थियो। लागुऔषध विरुद्धको अभियानका रूपमा युवा संघले खेलकुदलाई जोड्न प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित