सार्थक ब्यूरो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समक्ष निलम्बन फुकुवाको माग राख्दै रवि लामिछाने सिंहदरबारबाट बाहिरिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका रविले आज सभामुखलाई भेटेर आफ्नो सांसद पदमाथि लागेको निलम्बन फुकुवाको माग गरेका थिए।
सहकारी ठगी प्रकरणमा मुद्दा खेपेका रविको संसद पद निलम्बनमा छ। सोहीको फुकुवाका लागि उनी आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगेका हुन्। उनीसँगै मनिष झा, डोलप्रसाद अर्याललगायत सहभागी थिए।
सोमबारमात्र पार्टीको जिम्मेवारीमा फर्किएका रविले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाउँदै आएका छन्।
आफू एक्लो भएको र प्रतिशोधका लागि आफूमाथि खनिएको उनको आरोप छ। बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुराकारनीको क्रममा उनले तीनकुने घटना जस्ता समयसामायिक विषयमा बोल्नका लागि आफूले उपयुक्त समय कुरेको बताउँदै अब भने बोल्ने जनाएका थिए।


















Discussion about this post