सार्थक ब्यूरो। चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् । गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ। तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन् ।
यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाइ सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ । आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन– पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ । हजारौँको उपस्थिति हुँदापनि बोट बिरुवा नमासी , केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सन्जाल मार्फत शिक्षकलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।


















Discussion about this post