सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बिसु पर्व मनाउन घर फर्किदै नेपाली

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र २४, आईतवार १२:५८
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
बिसु पर्व मनाउन घर फर्किदै नेपाली

सार्थक ब्यूरो। नयाँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ।
बिसु मनाउन भारतबाट घर फर्किरहेका नेपालीका कारण बैतडीको झुलाघाट, दार्चुलाको दत्तु, खलंगा लगायतका नाकामा चहलपहल बढेको झुलाघाटका व्यापारी हरिदत्त जोशीले बताए। भारतको उत्तराखण्डमा पनि वैशाख १ गते बिसु पर्वका रुपमा मनाउने चलन नाकाका व्यापारी जोशीले बताए।
झुलाघाट नाका भएर सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, डडेलधुरासहित कर्णाली प्रदेशका मुगु, हुम्ला, कालीकोटलगायतका बासिन्दा पनि फर्किरहनुभएको छ। बझाङको बित्थडचिर गाउँपालिका २ का रामसिंह धामी गाउँलेहरुसँगै शनिवार बैतडीको झुलाघाट नाका हुँदै घर फर्किए। गत जेठमा कामको खोजीमा भारतको हिमाञ्चल प्रदेशमा पुगेको बैतडीको सूर्नया गाउँपालिका– ८ का ६० वर्षका गम्भीर बोहराले आफुहरू बिसुका लागि घर फर्केको बताए।
दसैंतिहारभन्दा बिशु र गौरा पर्व मुख्य चाँडका रुपमा मनाउने गरेको बोहराले बताए। सुदूरपश्चिममा दसैंलाई पूजाआजा तथा नवरात्रीको रुपमा मात्रै मनाउने परम्परा रहेको बोहराले बताए।
पोहोर साल नयाँ वर्षमा बिसु मनाएर मजदुरीका लागि भारत पसेकाहरु झुलाघाट नाकाबाट घर फर्किरहेको झुलाघाटका अर्का व्यापारी तिलकबहादुर चन्दले बताए। दश–बाह्र वर्षअघिसम्म पनि संचारको सुविधा नभएका बेला कामको सिलसिलामा बाहिर रहेकाहरु नयाँ वर्षमा बिसु पर्व मनाउन घर नफर्किए मृत्यु भइसकेको अड्कल गरिने हुँदा चाँड मनाउन चैतको अन्तिम दिनसम्म घर पुग्नैपर्ने मान्यता रहेको सूर्नया गाउँपालिका– ८ का भानसिंह बोहराले बताए।
त्यतिबेला कतिपयले वर्षदिन चाँड बिसु मनाउन घर नआए मृत्यु भइसकेको विश्वासमा काजकिरिया समेत गर्ने गरेको बझाङको बुंगल नगरपालिका ४ का नागीसिंह बोहराले बताए। ‘बिसुमा घर नआए मृत्यु भएको विश्वास गर्थे। कमाएर ल्याउन नसके पनि परिवारमै नयाँ वर्ष मनाउने पुरानै चलन हो,’ बोहराले भने। यतिबेला घर फर्किनुभएकाहरु धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका बोहराले बताए।
गाउँघरमा रोजगारीको अवसर नहुँदा गुजारा चलाउन भारतपस्नु पर्ने पुस्तैनी बाध्यता रहेको उहाँसँगै आएका जयसिंह बोहराले बताए।। सडक, बाटोघाटो जस्ता विकासका काममा डोजर जस्ता मेसिन र उपकरणको प्रयोग हुन थालेपछि सामान्य मजदुरले गाउँमा काम पाउन छाडेको दुई वर्षपछि भारतबाट घरफर्किरहनुभएका जयसिंहले गुनासो गरे। गाउँमा आम्दानीको स्रोत नभएपछि कतिपय त बालबच्चासहित कामको खोजीमा भारत जाने गरेका छन्।
पाखो बारीको उब्जनीले तीन महिना खान नपुग्ने भएकाले परिवारसहितै भारत पस्नुपरेको उनले सुनाए। सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बझाङ, बाजुराबाट मजदुरीका लागि भारतको उत्तराखण्ड, हिमांचल, दिल्ली, मुबम्इलगायतका सहर पस्ने गरेका छन्।
रोजगारीको परम्परागत गन्तब्य भारतमा कष्टकर जिवनयापन गर्नुपरेको दुखेसो उनले बताए। ‘गाउँमा काम पाइदैन, गाली सहेर पनि भारत पस्न बाध्य छौं।’ बित्थडचिर १ का झुसे बोहरालभने, ‘पाखोबारीमा उब्जनी हुँदैन, वर्षमा आधा समय भारत नपसी हातमुख जोर्ने समस्या हुन्छ।’ चैतको दोस्रो सातादेखि नै नवरात्रीका लागि घर फर्कनेको संंख्या बढ्दै आएको हो। चैतको नवरात्रीमा यहाँका मन्दिरहरुमा पूजाआजा तथा जात्रा चलिरहेको छ।
नयाँ वर्षकै दिन वैशाख १ गते पनि केदार, सिगासलगायत कतिपय मन्दिरमा पूजा लाग्ने गरेको छ। एक हप्तादेखि दैनिक तीन सय जना हाराहारी भारतबाट फर्किरहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले जनाएको छ। नाकामा भित्रिनेको संख्या बढेसँगै झुलाघाटदेखि चल्ने सवारीसाधनको संख्या पनि बढेको छ। व्यवसायीले झुलाघाटबाट बैतडी बिभिन्न गाउँसहित बझाङ, डडेलधुरा, दार्चुलासम्म जिप सेवा संचालनमा ल्याएका छन्।

 

Previous Post

जलवायु परिवर्तन सबैभन्दा गम्भीर चुनौती : सभामुख घिमिरे

Next Post

शिक्षक आन्दोलनलाई माओवादीनको सर्मथन

Next Post
शिक्षक आन्दोलनलाई माओवादीनको सर्मथन

शिक्षक आन्दोलनलाई माओवादीनको सर्मथन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.