सार्थक ब्युरो । कैलालीको गोदावरी नगरपालिका अन्तरगत खैराना खोलामा अवैध उत्खनन गर्नै डोजर र टिप्पर नियन्त्रणमा लिइएको छ । आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितको टोलीले खोलामा अवैध उत्खनन गरिरहेका दुई डोजर र एक टिप्पर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका डोजर र टिप्पर इलाका प्रहरी कार्यालय मालाखेती परिसरमा राखिएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले डोजर र टिप्परलाई कारबाहीका लागि नगरपालिकालाई पत्राचार गरिएको बताए । उनले कारबाही गरिएपछि सवारी साधन छोडिने बताए । अवैध उत्खनन गर्ने डोजरलाई ५० हजार र टिप्परलाई ३० हजार जरिवाना गर्ने प्रावधान रहेको छ ।


















Discussion about this post