सार्थक ब्युरो काठमाडौंको नागार्जुन क्षेत्रबाट केही भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। अनुमतिबिना नेपाल प्रवेश गरेर नागार्जुन क्षेत्रमा पुगेका सुरक्षाकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। कति जना भारतीय सुरक्षाकर्मी पक्राउ परेको भन्ने खुलेको छैन।
यद्यपि उनीहरूलाई दुईरतीन दिन पहिले पक्राउ परेको स्रोतले जनाएको छ। उनीहरू कुन अप्रेसनका लागि नागार्जुन क्षेत्रमा प्रेवश गरेको भन्ने पनि खुलेको छैन। नेपाली भूमिमा अनुमतिबिना भारतीय सुरक्षाकर्मी पटक–पटक प्रवेश गर्ने गरेका छन्। काठमाडौँ प्रहरी परिसरकार प्रवक्ता अपीलराज बोहोराले भारतीय सुरक्षाकर्मी पक्राउ परेको विषय आफूलाई थाहा नभएको जानकारी दिनुभयो ।


















Discussion about this post