लक्ष्मी दत्त पाण्डेय ,बैतडी
बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा बाँदर आतङ्कक फैलिए पछि स्थानीय वासिन्दाहरु पिडित भएका छन् ।
दिन दहाडै बाँदरको हुल घरमा प्रवेश गरी घर भित्रको अन्न, लत्ता कपडा तथा भाँडाकुडा बाँदरले लगेर जाने भएकाले स्थानीय वासिन्दाहरु बाँदरवाट आतङ्ककीत भएका हुन ।
आफूले घरभित्र कपाएको भातरोटी खान नपाई बाँदरको आहारा वने पछि साह्रै पिडित भएको दशरथचन्द नगरपािलका वडा नं. ४ अलाका हरि दत्त भट्ट गुनासो पोख्छन् । उहाँ जस्ता सयौँ व्यक्तिहरुले पकाएको खाना समेत खान नपाउदा बाँदरवाट पिडित हुनुपरेको वताईन्छ ।
दशरथचन्द नगरपािलकाका ११ वटा वडा मध्ये ६ वटा वडा महाकाली नदी संग जोडिएका र भारतीय जंगलवाट महाकाली नदी पार गरी भारतीय बाँदर द.न.पा.मा भित्रिदा बाँदर आतङ्कक बढेको पूर्व नगर प्रमुख नरेन्द्र थापा वताउनुु हुुन्छ । साथै महाकाली नदी किनाराका भारतीय वस्तीमा खेती योग्य जमिन नभएको तथा नेपालतिर उव्जाउ फाँट वढी भएकाले पनि खानाको खोजीमा नेपालतिर वढि बाँदरहरुआई आतङ्कक मच्चाएको उहाँ वताउनु हुुन्छ ।
द.न.पा.को अधिकांस भेगमा जंगलीभाग वढी हुनकासाथै ठुुलठुुला मन्दिरहरु समेत रहेकाले लुुक्नेठाँउ पनि प्रशस्त रहेको र खाना पनि पाइने हुदा बाँदरको संख्यामा वृद्धि भएको नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरि वडूू वताउनु हुुन्छ ।
दशरथचन्द नगरपालिकामा बाँदर आतङ्कक वढ्दै गएपछि किसानहरुको खेतवारी समेत नोक्सान हुँदा नगरवासीले खेती लाउन छोडेको र बैकल्पिक माध्यमद्धारा बाँदर धपाउन वर्षेनी नगरपालिकाले बजेट विनियोजन गर्ने गरेको नगरपालिकाका कर्मचारीहरु वताउछन ।


















Discussion about this post