सार्थक ब्युरो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गर्नुभएको छ। प्रदेश प्रमुख मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश सभाका सचिव देव बहादुर बोगटीले जानकारी दिनुभयो।
प्रदेश प्रमुख मियाँले प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा उक्त निर्णय गर्नुभएको बताइएको छ। यसअघि, संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम २०८१ साउन २७ गते प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। त्यस अवधिमा बैठकले प्रदेश सरकारको २०८१र८२ को संशोधित नयाँ बजेट पारित गरेको थियो।
महिनौँदेखिको अवरोधले प्रदेश सभाको बैठक बस्न सकेको थिएन। सत्ता पक्ष र प्रतिपक्षी दलहरू बीचको वार्ता र छलफलमा सहमति नजुट्दा प्रदेश सभा बैठकको आयोजना गर्न समस्यामा परेको थियो। मुख्यमन्त्री कमल बहादुर शाहले सर्वपक्षीय, सर्वदलिय बैठक बोलाएर निकास खोज्ने प्रयास गर्नुभएको थियो, तर प्रतिपक्षी दलहरूको विरोध र अवरोध नहटेको अवस्था पछि प्रदेश सरकारले वर्तमान अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो।


















Discussion about this post