जनता चोर बाटो प्रयोग गर्न बाध्य

सार्थक ब्यूरो !वन जंगलमा काठ सडेर गईरहेको छ । कानूनि रुपमा उपयोग गर्न पाइदैन र चोर्न पाइन्छ । जनताले चोर्दा कर्मचारीले घुस खान पाइन्छ । त्यसैले जनतालाई चोर बनाइएको छ । सरकारले उपभोग्य सामग्रीका लागी दोस्रो तेश्रो खास गरी भारतमा निर्भर जनताले एक थान सामान ल्याउँदा सामानको मूल्य बराबर भन्सार तिर्नु पर्दछ । सुलभ मूल्यमा उचित भन्सार लगाईदैन । तर त्यहि सामान कर्मचारीलाई घुस दिएर चोर बाटोबाट ल्याउन पाइन्छ । ल्याएको सामानको मूल्य बराबर भन्सार तिर्छु भन्दा मूल्य भन्दा बढी भन्सार लगाईन्छ तर छलेर नक्कली विल बनाएर कर्मचारीलाई घुस दिएर नाम मात्रको भन्सार तिरेर सामान भित्र्याउन पाईन्छ ।
त्यस्तै आन्तरिक राजश्व कार्यालयको स्थिति छ ।यति रकम घुस दिए न्यून कर, नदिए अधिकतम कर लगाइन्छ । नापी मालपोतमा घुस विना जग्गा खरिद विक्री पनि हुन सक्दैन । राजश्व छल्ने तरिका स्वयम कर्मचारीले बताई दिन्छन।घुस नदिएको खण्डमा अदालतको आदेशमा समेत प्रश्न खडा गरि घुस दिन बाध्य पार्दछन । कति कसको जति वर्णन गर्दा पनि नपुगिने विषयहरु छन । यस्तो किन हुदैछ भन्ने तर्फको सोच सरकारमा बसेकाहरुसँग छैन । सोच भएका मानिसको सुन्दैनन, नजानेका होइनन् । जानी जानी अनजान बनेको नाटक गर्दछन । त्यो नाटकका पछाडी पनि कमिसन घुस नै रहेको छ । जनता हुँदा सबै जान्ने सांसद हुँदा अलि अलि जान्ने मन्त्री हुँदा पुरै नजान्ने भईदिने चलन व्यवहारमा रहेको छ । सेवाग्राही जनताले समस्या यो हो र यसको समाधान यो हो भन्दा पुरै अनभिज्ञता प्रकट गर्दछन । मन्त्रीहरु अनि सचिव, सहसचिव अथवा अधिकृतलाई बोलाउँछन । यो के हो यसमा के गर्न सकिन्छ भनि कर्मचारीलाई सोधिन्छ । कर्मचारीको एउटै रटि रटाउ जवाफ हुन्छ यो त नियमले मिल्दैन । घुस दिदा कमिसन खाँदा नियमले मिल्ने अन्यथा नमिल्ने, जनता कसरी सन्तुष्ट हुने, मन्त्रीले कहाँ कुन नियमले मिल्दैन भनि जनतालाई नागरिक किन बनाउँदैन । जनतालाई चोर किन बनाउन चाहन्छ जवाफ मागिनै पर्दछ । जवाफ दिनै पर्ने हुन्छ । देशका जनतालाई स्वाभिमानी बनाउनु पर्ने सरकारले चोर बनाएर छोडेको छ ।करका दरका कारण कर चोर बनाएको छ । रजिष्ट्रेशन दस्तुर, सिफारिस दस्तुर महंगा बनाएर जनता निचोरेको छ । स्थानीय निकायले बनाएको प्रमाणपत्र प्रमाणित गर्न हजारौं खर्च गरेर छाप लगाएको पैसा तिर्नुपर्ने अवस्था छ । करोडौंका भवनमा पढन विद्यार्थीको विश्वास छैन । प्राईभेट टिनका छानामा पढाउनेमा विश्वास छ।आफ्नो मुलुकमा आफू सुरक्षित ठानी रहेको छैन नागरिक ? किनभने विदेशमा आफूलाई सुरक्षित देखि रहेको छ । आफ्नो र आफ्ना सन्ततीको भविष्य सुरक्षित विदेशमा देखिरहेको छ किन ? किनभने मन्त्री देखि सचिव उच्च पदस्थ सबैका छोराछोरी विदेशमै बसेका छन । त्यसकारण आम जनतामा आक्रोस छ र नैराश्यता छ । आफूलाई चोर्न बाध्यकारी चोर बनाएको आक्रोस छ । भनाई र गराईको व्यवहारमा फरक छ । ठूला ठूला भाषण गर्ने भाषण गर्दा थाक्दै नथाक्ने अनि भाषणमा बोलेका कुरा व्यवहारमा लागु गर्दै नगर्ने अवस्थाका कारण नागरिक कागजमा भए पनि व्यवहारमा चोर बनाइएको छ । त्यसकारण जनता तिम्रो नागरिक चाहिएन हामी रैती हुन्छौं भनि रहेका छन । जुन आफैमा पिडादायी र पिडाबोध छ, कसले बुझिदिने अनि कसले सुनिदिने ? जनताको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित