भन्सार छलीका सामान बरामद

सार्थक ब्युरो । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।टीकापुर नगरपालिका–९ पुरानो भन्सारको भित्री सडक खण्डबाट ३० हजार ८ सय मूल्य बराबरको चिनि, रिफाईन्ड तेल, बिडी, सुर्ति, गुट्खा, सुपारी, प्लाष्टिक लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकाशाल, भीमदत्त नगरपालिका–१२ महाकाली पुल र बेलौरी नगरपालिका–९ सडकघाटबाट भन्सार छली गरि ल्याएका ७३ हजार मूल्य बराबरको चिसो पेय पदार्थ, सुर्ति, गुट्खा, कुर्ता सुरुवाल, लेडिज चप्पल, हार्डवयर र कस्मेटिक सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला बरामद गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित