सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नागरिकले सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नु पर्ने:एमाले महासचिव पोखरेल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र ३०, शनिबार ७:०३
in Breaking (With Image), समाचार
0
नागरिकले सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नु पर्ने:एमाले महासचिव पोखरेल

सार्थक ब्यूरो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले सत्य कुरालाई अगाडि ल्याउनु पर्ने बताउनुभएको छ ।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा शुक्रबार कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकले सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नु पर्ने बताउनुभयो । अहिले राजावादीहरूले बहुदल आएपछि केही पनि भएन भनि गरेको प्रचार गलत भएको बताउँदै पञ्चायत र बहुदल आएपछि भएको विकासलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।
राजाको शासनमा जनताका छोरा छोरीले पढ्न समेत नपाएका बताउँदै उहाँले आज जनताका छोरा छोरीले पढ्न र आँखामा आँखा जुधाएर गफ गर्न सक्ने भएका बताउनुभयो । मण्डलेहरूले पञ्चायतमा जनता सुखी थिए भनि भ्रम फिँजाएका उहाँले सुनाउनुभयो । पञ्चायतको तुलनामा नेपालीको जीवनस्तरले अहिले छलाङ मारेको पोखरेलले बताउनुभयो ।
समाजको प्रगति असन्तुष्टिले गराउने बताउँदै उहाँले तर निराशाले समाजलाई अघि बढ्न नदिने बताउनुभयो । नेपाली जनताको विकास प्रतिको असन्तुष्टिको जगमा नै टेकेर देश समृद्धिको यात्रामा अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो ।

सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्खालोमा जाख्न सकिन्छ भन्ने सपना नदेख्न पनि आग्रह गर्नुभयो । देशलाई पछाडि धकेल्ने गरी पूर्व राजाका नाममा भइरहेका गतिविधिले सार्थकता नपाउने पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज मण्डलेहरू समाजलाई पछाडि धकेल्ने प्रयत्न गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा उत्पात मच्चाउने, हिंसात्मक घटनाको योजनाकार पूर्व राजाले जनकमाण्डर बनाएका दुर्गा प्रसाईँ रहेका र उनलाई पक्राउ गरेर प्रहरीले कानुनको कठघरामा उभ्याउने प्रक्रिया थालेको उहाँले बताउनुभयो । हिंसात्मक गतिविधिको प्रतिकार गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो । ‘जनतलाई भड्काएर, हिंसा र आतङ्क मच्चाएर देशलाई भड्काखालोमा हाल्न सकिन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सम्भव छैन’, पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले विगतमा देशमा सङ्कट आएको बेला एमाले–कांग्रेस एक भएको स्मरण गर्दै अहिले गणतन्त्रको रक्षाका लागि पनि दुई पार्टीको मुख्य जिम्मेवारी भएको बताउनुभयो । मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएकाले त्यसमाथि विजयी हासिल गर्नुपर्ने बताउनुभयो । लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माणका कामका साथै नागरिकको जीवनस्तरमा परिवर्तन आएको चर्चा गर्दै उहाँले तथ्यमा रहेर बहस गर्न जरुरी रहेको बताउनुभयो ।
मुलुकमा राजनीतिक स्थायित्व आवश्यक रहेको र त्यो स्थायित्व कायम गर्ने सामर्थ्य नेकपा एमालेसँग मात्र भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले मिसन–८४ ले आगामी निर्वाचनमा एमालेलाई एकल बहुमतको सरकार बनाउने सामर्थ्य निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अराजकताले समाजलाई पछाडि धकेल्न लागेकोले त्यसको खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । अहिले सामाजिक सञ्जाल मार्फत समाजलाई अराजक बनाउने प्रयास गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

Previous Post

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

Next Post

तीनकुने घटनाको छानबिन गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

Next Post
तीनकुने घटनाको छानबिन गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

तीनकुने घटनाको छानबिन गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.