सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रधानमन्त्री ओलीले भरतपुरको ६ लेन सडक उद्घाटन गर्नुहुने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ बैशाख ४, बिहीबार ५:२५
in Breaking (With Image), समाचार
0
प्रधानमन्त्री ओलीले भरतपुरको ६ लेन सडक उद्घाटन गर्नुहुने

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवन आउने हुनुभएको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको आकर्षक र सुन्दर देखिने ६ लेन सडकको उद्घाटन गर्न उहाँ चितवन आउने कार्यक्रम तय भएको हो। उक्त अवसरमा उहाँले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनसमेत उद्घाटन गर्नु हुनेछ भने नारायणगढ–बुटवल सडक खण्डको निरीक्षण पनि गर्नुहुनेछ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत चितवन पुग्ने कार्यक्रम तय भएको छ। गत चैत २५ गते नै उद्घाटनको तयारी गरिए पनि कार्यव्यस्तताका कारण स्थगित गरिएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न हुँदैछ।
एशियाली मापदण्डअनुसार निर्माण
प्रधानमन्त्री ओलीले २०७७ माघ २७ गते शिलान्यास गर्नुभएको गोन्द्राङ–नारायणगढ ६.०८ किलोमिटर लामो ६ लेन सडक एशियाली मापदण्डअनुसार निर्माण गरिएको हो। करिब १ अर्ब १२ करोड रुपैयाँको लागतमा सगुन कन्स्ट्रक्सन प्रा।लि।ले निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरण गरिसकेको छ।
सडक निर्माण सकिएको पाँच वर्षभित्र समस्या आएमा ठेकेदार कम्पनीले मर्मत गर्ने जिम्मेवारी लिएको छ।पहिले दुई लेन मात्रै रहेको यो सडक अब बीचमा चार लेन मुख्य सडक र दुबै छेउमा १/१ सर्भिस लेनसहित ६ लेनको भएको छ। साथसाथै, ६ सयभन्दा बढी स्मार्ट बत्ती जडान गरिएको र रातको समयमा सडक झिलिमिली देखिने बताइएको छ।
सडकमा ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, लेन लाइनिङ, र ट्राफिक लाइट जडानको तयारीले सडक अझ आकर्षक देखिएको छ। मेडियनमा दूबो र फूलबिरुवा लगाइएको छ भने दुबै छेउमा तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ।
भरतपुर ओरालोमा दुर्घटना न्यूनीकरणका लागि ‘स्लोप’ घटाइएको छ। यसमा ६० सेन्टिमिटरदेखि १.२ मिटर उचाइ घटाइएको छ। साथै, फुटपाथ, ढल, सर्भिस लेन, विद्युत अन्डरग्राउन्ड, र वर्षाको पानी निकासका लागि दुईतर्फ ड्रेनेजको व्यवस्था गरिएको छ।
इच्छाकामना गाउँपालिका भवनको उद्घाटन
प्रधानमन्त्री ओलीले चितवनकै एकमात्र गाउँपालिका इच्छाकामनाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पनि गर्नुहुनेछ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार, शुक्रबार बिहान ११ बजे उद्घाटन कार्यक्रम तय गरिएको हो। कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।
एमाले महानगर अधिवेशनको उद्घाटन
प्रधानमन्त्री ओलीले नेकपा एमालेका अध्यक्षको हैसियतले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन पनि गर्नुहुनेछ। उक्त कार्यक्रम भरतपुरस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा आयोजना गरिने एमाले चितवन अध्यक्ष कमलराज पाठकले जानकारी दिनुभयो।
नारायणगढ–बुटवल सडक निरीक्षण
उद्घाटन कार्यक्रमपछि प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकखण्डको अनुगमन गर्ने र त्यस क्रममा नवलपुरका जनप्रतिनिधिसँग छलफल पनि गर्ने कार्यक्रम तय भएको छ।

Previous Post

आगामी शनिबार र आइतबार  बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Next Post

सातवटै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन धनुषामा सुरु

Next Post
सातवटै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन धनुषामा सुरु

सातवटै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन धनुषामा सुरु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.