विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

सार्थक ब्यूरो । विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ।
शुक्लाफाँटा नगरपालिकामा आयोजित तालिममा नौ वटा स्थानीय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसी क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद्सम्बन्धी कार्यमा संलग्न जवानहरूको सहभागिता छ।
तालिममा सहजीकरण नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण९ई० कैलालीका उपसेनानी विदेश बजगाईं, श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले गरिरहनुभएको छ।
नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले तालिमका सहभागीलाई भूकम्पीय अवस्थाका बारेमा जानकारी दिए। उनले भूकम्प आउनु पूर्वको तयारी, भूकम्पीय जोखिमका कारण, पारिवारिक तथा सामुदायिक योजना, अल्पकालीन वस्तुको व्यवस्था, प्राथमिक उपचारका सामग्रीको व्यवस्था, सुरक्षित स्थानको पहिचान गर्ने तरिका, घरभित्रको सुरक्षित स्थान, घर बाहिरको सुरक्षित स्थान, अल्पकालीन सञ्चार सम्बन्धको योजनाबारे जानकारी गराए।

 -समाजिक विकास कार्यालय, कञ्चनपुर

”सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरिया शिक्षा प्राप्तिको सुनिश्चितता” -समाजिक विकास कार्यालय, कञ्चनपुर

पौडेलले भूकम्प आएको बेला अपनाउनुपर्ने सावधानी, भूकम्प गयरहेका बेला गर्न नहुने कार्य, भूकम्प आएपछिको द्रुत खोजी, हेलिङ खोज विधिभित्र ठाउँको लागि भौतिक खोजकोस्वरूप, बहुकोठा खोजविधिलगायत विविध विषयमा जानकारी गराइएको बताए। घर निर्माण गर्दा मापदण्ड अनुरूप भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए।
भूकम्पको जोखिका हिसाबले नेपाल विश्वमा ११औँ स्थानमा रहेको चर्चा गर्दै सेनानी पौडेलले भूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले पूर्व तयारी गरी सावधानी अपनाउनुपर्ने बताए। नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले प्राकृतिक, प्रविधिजन्य त्रुटि र मानवीय लापर्बाहीका कारण आगलागी र वन डढेलो लाग्ने गरेको बताए।
उनले आगलागीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, आगलागी भइहाले नियन्त्रण गर्ने उपायबारे तालिमका सहभागीलाई जानकारी दिएको बताए। कालिरक्षा गण९ई० बढैया कैलालीका उपसेनानी बजगाईंले सर्पदंश लागेमा के गर्ने र कसरी बच्ने भन्नेबारे जानकारी दिए।
उनले सर्पको इतिहासकाबारेमा चर्चा गर्दै नेपालमा पाइने विषालु सर्पका प्रजाति, सर्प पाइने स्थान, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पदंशपश्चात् देखिने चिन्ह र लक्षण, उपचार विधिलगायतका बारेमा जानकारी दिनुभएको थियो। “सर्पदंश लागेमा झारफुक गर्ने धामी, झाँक्री र गुरुवा कहाँ लैजाने परिपाटी अझै विद्यमान छ, धेरै जनाको यसै कारणले ज्यान जाने गरेको छ”, बजगाईंले भने, “सर्पदंश लागेका व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकिए ज्यान जोगाउन सकिन्छ।”
तालिमका क्रममा उनले नेपालभर २३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका जानकारी दिए। “केन्द्रबाट हालसम्म १२ हजार बढी सर्पदंश लागेका व्यक्तिको उपचार गरेका छौँ”, उनले भने, “अहिलेको समय आहारा खोज्ने, प्रजनन गर्नेसँगै बढ्दो तापक्रमले सर्प दुलोबाट बाहिर निस्कने भएकाले सावधानी अपनाउनुपर्छ।”
टिकटकमा भाइरल हुनका लागि सर्पलाई असावधानीपूर्वक समात्न खोज्दा डस्ने सम्भावना प्रबल हुने भएकाले त्यसो नगर्न उनले आग्रह गरे। बुधवारदेखि सुरु भएको तालिम वैशाख ४ र ५ गतेसम्म सञ्चालन हुनेछ। आज बाढीजन्य प्रकोप, भान्सामा ग्यासबाट हुने आगलागी नियन्त्रण गर्ने तरिकाबारे सहभागीलाई जानकारी दिने नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले जानकारी दिए।
उनका अनुसार तालिमको अन्तिम दिन विपद्जन्य घटनाबारे सर्वसाधारणलाई जानकारी गराउन कृतिम नमूना अभ्यासको कार्य गरिने छ। तालिममा समन्वय तथा व्यवस्थापनको कार्य शुक्लाफाँटा नगरपालिका र श्रीदल गुल्म भगतपुर ब्यारेकले गरिरहेको छ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित