सार्थक ब्यूरो । धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ ।बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो ।
तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अपसरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित रहेकी छन् ।यस्तै, यस सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायतको उपस्थिति रहेको छ ।


















Discussion about this post