लक्ष्मीमावि प्रअ नाथको कुकृत्य

सार्थक ब्यूरो ।भिमदत्त नगरपालिका वडा न. १९ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय उल्टाखाम बागफाँटाका प्रधानाध्यापक परमानन्द नाथले गेको कुकृत्य वाहिरिएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण दत्त जोशीका अनुसार फागुन २८ गतेको अभिभावक भेलावाट २ जना सदस्य सर्वसम्मत चयन गरिएका थिए । २ जना मनोनित गर्दा वडा प्रतिनिधि आफैले तोकी पुरानै प्रतिनिधि लाई कायम राखी मनोनित गरेकोमा विवाद खडा भई भिमदत्त नगरपालिकामा निवेदन परेको थियो । भिमदत्त नगरपालिका ले चैत्र ११ गते सम्पुर्ण कागजात मगाएकोमा विद्यालयले उल्टै स्पष्ट पारि दिने भनि उल्टा पत्र पठाएको देखियो वडा प्रतिनिधिको मांग नै नगरि पुरानै प्रतिनिधिलाई आफै कायम गरि छनौट गरे पछिबाट विद्यालयको प्र.अ. ले चैत्र ४ गते वडा प्रतिनिधि पठाई दिने भनि पत्र पठाएकोमा वडा नम्बर १९ बाट वडा प्रतिनिधि का रुपमा छनौट गरि चैत्र २९ गते मात्र प्रतिनिधि पठाएको छ ।
प्रअले नक्कली वडा प्रतिनिधि पुरानैलाई कायम गरि विद्यालउ व्यवस्थापन समिति अध्यक्ष छनौट का लागि प्रयत्न रचेको छ । प्रअले विद्यालयमा भएको बेथेति अनियमितता र भ्रस्टाचार ढाकछोप गर्नका लागि पुरानै अध्यक्षलाई दोहरयाउन गरेको प्रयत्न विवादमा परेको छ । यसअघि २ कार्याकाल अध्यक्ष भई सकेका व्यक्तिसँगको मिलोमतो विद्यालयमा गरेको भ्रस्टाचार लुकाउन तेश्रो कार्यकाल पनि अध्यक्ष बनाएर थप भ्रस्टाचार गर्ने व्यक्तिलाई अध्यक्ष र प्रअ बनाउनु हुदैन भन्ने अभिभावक भेलाको मनशाय विपरित प्रअ नाथले गरेको खुल्न आएको छ फागुन २८ गते भेला भए पछि मनोनित गर्दा वडा प्रतिनिधि आफैले कायम गरि मनोनित गरेका छन । जबकि वडासँग चैत्र ४ गते प्रतिनिधि मांगीएको छ । वडाले चैत्र २९ गते मात्र वडा प्रतिनिधि पढाएको छ । यसमा भिमदत्त नगरपालिका को भुमिका समेत संकास्पद देखिएको छ । प्रअ नै विद्यालयको अहितमा लागेकोले प्रअलाई हटाउनु पर्ने मांग समेत उठेको छ। विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि प्रअ नाथको ठुलै चलखेल देखिएको सदस्य जोशीले बताएका छन । आर्थिक अनियमितता र भ्रस्टाचारका मतियारका रुपमा रहेका प्रअ अहिले विद्यालय अफ्नो हितमा चलाउन खोजि रहेकाले विवादमा परेको उनको भनाई छ । यस सम्बन्धमाा प्रअ नाथ सँग सम्र्पक गरि सोध्न खोज्दा उहाँको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित