सडक कब्जा गरेर शिक्षकहरु नाचगानमा मस्त, उपत्यकाको ट्राफिक अस्तव्यस्त

सार्थक ब्यूरो । काठमाडौंको नयाँ बानेश्वर-बबरमहल-माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक जाम रहेको जानकारी दिनुभयो । शिक्षक र कर्मचारीको आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौँमा राप्रपाले पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।
काठमाडौंको बानेश्वर-माइतीघर-त्रिपुरेश्वर,रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्न घोषणा गरेको छ। अहिले निषेधित क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ।
एकातिर निरन्तर शिक्षकको आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौं आजै फेरि राप्रपाले पनि प्रदर्शन गर्ने भएपछि ट्राफिक व्यवस्थापनमा झनै समस्या भएको हो। मुख्य सडकहरूमा सवारी साधनहरूलाई डाइभर्सन गरेपछि भित्री र साँगुरा सडकमा जाम बढेको छ। शिक्षकहरु सडकमा कब्जा गरेर नाचगानमा मस्त रहँदा ट्राफिक अस्तब्यस्त बनेर सर्वसाधरणले भने सास्ती खेप्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित