जलेको अवस्थामा भेटिएका रानाको शव उठाइयो,प्रहरीअनुसन्धान जारी

सार्थक ब्यूरो । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा घटियाघाटमा जलेको अवस्थामा मृत भेटिएका बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव उठाइएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एसपी० चक्रराज जोशीले रानाको शव घटनास्थलबाट उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ। उनकाअनुसार घटनास्थल कार्य सकेर प्रहरीले शव उठाएर परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको हो। राना मंगलवार बिहान कलकत्ता जान मोटरसाइकलमा घरबाट निस्किएका थिए।
उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने उनी सवार मोटरसाइकल भने जलिरहेको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित