बेदकोट नगरपालिका–९ का वडाध्यक्ष विष्टको निधन

सार्थक ब्यूरो ।कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बुधवार निधन भएको हो ।
उनी बुधवार बेदकोट नगरपालिकास्थित बेदकोटताल क्षेत्रमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बेहोस अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा मृत्यु भएको र निधनको कारणबारे अनुसन्धान भइरहेको बताए।
बिहान वडा कार्यालयमा समाजिक सुरक्षाभत्ता वितरण गरेपछि कामका लागि भन्दै मोटरसाइकलमा निस्किए पछि बेहोस अवस्थामा भेटिएका थिए। नेपाली सेनाबाट सेवानिवृत्त विष्ट विसं २०७९ को स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित