अर्थतन्त्र लयमा तर निजी क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन सकेन:कामु गभर्नर ढुङ्गाना

सार्थक ब्यूरो । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गएको बताएकी छिन् । आइतबार आयोजित बैंकको ७०औं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले कर्जा विस्तारसमेत सकारात्मक रहेको उल्लेख गरिन्।
ढुङ्गानाका अनुसार हालै भएका कानुनी सुधारहरूले अर्थतन्त्रलाई चलायमान बनाउन थप सहयोग पुगेको छ। नीतिगत बाधाहरूको सुधार भइरहेको भए पनि पुँजीगत खर्च अपेक्षाअनुसार नबढ्नुलाई उनले अर्थतन्त्रको कमजोर पक्षका रूपमा औंल्याइन्।
‘अझै पनि निजी क्षेत्रमा सोचेजस्तो कर्जा प्रवाह हुन सकेको छैन ।’ कामु गभर्नर ढुङ्गानाले स्पष्ट पारिन्। साथै, विश्व अर्थतन्त्रमा भइरहेका गतिविधिहरूको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा पनि इपरेको उनको भनाइ थियो।
ढुङ्गानाले बैंकहरूको सम्पत्तिको गुणस्तर घट्नु ठूलो चुनौती बनेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा उल्लेख्य फड्को मारेको जानकारी गराइन् । उनले आर्थिक कारोबारलाई थप सुधार गर्न विभिन्न पहलहरू भइरहेको समेत बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित