सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

सार्थक ब्यूरो । अदालतले नेपाली कांग्रेसका सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।शनिबार साँझ पक्राउ परेकी राईलाई आइतबार अदालत उपस्थित गराइएको थियो । उनी काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा छिन् ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनी लामो समयदेखि फरार थिइन् ।राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित