सार्थक ब्यूरो । कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी शुक्रबार प्रहरी कार्यालयबाट विदाई भएर जान लागेका छन् । एक वर्ष दुई महिना १८ दिन कञ्चनपुरको नेतृत्व गरेका जोशीको केही दिन अघि सरुवा भएको हो । उनी शुक्रबार प्रहरी कार्यालयबाट विदाई ललितपुर प्रहरी परिसरको रमाना लिएर जान लागेका हुन् ।
प्रहरी उपरीक्षक जोशीले विदाईको अघिल्लो दिन बिहीबार प्रहरी कार्यालयमा कार्यक्रम गरी आफ्नो कार्यकालमा गरिएको प्रगतिबारे पत्रकारहरुलाई जानकारी दिए । उनी आफैंले प्रगति प्रस्तुत गरे । त्यसपछि पत्रकारहरुले राखेका जिज्ञासाको एसपी जोशीले जवाफ दिए ।
‘यहाँ बस्दा मैले सहकार्य र समन्वय सबैभन्दा राम्रो रुपमा लाग्यो, यहाँबाट जाँदैछु यो चाहिँ राम्रो लागेको छैन’ पत्रकारहरुले उनीसित राखेको जिज्ञासामा प्रहरी उपरीक्षक जोशीले भने ।
प्रहरी उपरीक्षक जोशीले आफ्नो कार्यकालमा कञ्चनपुरको सुरक्षा व्यवस्थामा देखिएका केही चुनौतीको पनि चर्चा गरे । लागु औषध, चोरी र साँधुरो सडकका कारण हुने दुर्घटना सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा देखिएको एसपीले बताए ।
खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती सहरबाट लागु औषध आउने गर्छ । एसपी जोशीको कार्यकालमा लागु औषध सेवन र कारोबारमा संलग्न दुई सय जना पक्राउ गरी काुननी दायरामा ल्याइएका छन् ।
एसपी जोशीले लागु औषधका कारण चोरीका घट्ना समेत बढेको बताए । लागु औषध किन्न खर्च जुटाउन चोरीका घट्ना बढेको एसपी जोशीको भनाई छ ।
प्रहरीको एकल प्रयासले लागु औषध रोकथाम गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । लागु औषध नियन्त्रणका लागि जिल्लाव्यापी अभियान चलाएका उनले लागु औषध कारोबार सहरबाट गाउँतिर विस्तार भएको बताउँदै आएका थिए ।
वडा प्रहरी कार्यालयमा इन्चार्ज भएको १२ वर्षपछि उनी एसपी भएर कञ्चनपुर प्रहरीको नेतृत्व गरेका हुन् । उनी यस अघि प्रहरी निरीक्षक भएर जिल्ला प्रहरी कार्यालयमा समेत बसेका थिए ।
प्रहरी निरीक्षक हुँदा सहरी क्षेत्रमा हुने लागु औषध कारोबार उनले आफू एसपी हुँदा ग्रामीण वस्तीसम्म विस्तार भएका पाएका हुन् । प्रहरीको एक्लो सहयोगले मात्रै लागु औषध नियन्त्रण हुन सक्दैन’ उनले भने, यसका लागि सबै पक्ष गम्भीर रुपमा लाग्नु पर्छ ।’
पत्रकारहरुले पूर्व लागु औषध सेवनकर्ताका भोगाई सहित सन्देश सार्वजनिक गरी रोकथामा टेवा पुगाउन सक्ने जोशीले बताए ।जोशीले चालु आर्थिक वर्षको हालसम्म ६ करोड ८१ लाख मूल्य बराबरको भन्सार छलीको समान बरामद गरिएको छ । गत वर्ष ६ करोड ३७ लाखको अवैध समान बराद गरिएको थियो ।चालु आर्थिक वर्षको हालसम्म ३ सय ९७ जना फरार प्रतिवादी पक्राउ गरिएका छन् । गत वर्ष २ सय ४५ र अघिल्लो वर्ष ९२ जना मात्रै पक्राउ गरिएका थिए ।फरार प्रतिवादीमा लगत र मिसिल भेटाउन नसकिने समस्याले पक्राउ गरिएकाले पनि फिर्ता पठाउनु पर्ने अवस्था देखिएको सुनाए ।एसपी जोशीको कार्यकालमा अवैध काठ र नदीजन्य पदार्थ अवैध उत्खनन नियन्त्रण कार्यलाई पनि प्राथमिकता दिइएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ३ सय ४३ क्युफिट काठ बरामद गरी ११ लाख ५५ हजार राजश्व अशुल गरिएको छ । यसैगरी अवैध काठ कारोबारमा संलग्न ७ जना पक्राउ गरी कानुनी दायरामा ल्याइएका छन् ।
नदी पदार्थको अवैध उत्खननमा संलग्न ३४ जना पक्राउ गरिएका छन् । उनीहरुसंगै सवारी साधन पनि नियन्त्रणमा लिइएका छन् ।आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा लागूऔषध सहित २ सय ५५ पुरुष र ३२ महिला गरि २ सय ८७ जनालाई नियन्त्रणमा लिइएको छ ।उक्त आवमा ३३० ग्राम ब्राउन सुगर, ६ किलो १० ग्राम चरेश, ७८ ग्राम गाँजा, ५२० थान एम्पुल र ९२ थान ट्याब्लेट बरामद गरिएको थियो ।यस्तै, आर्थिक वर्ष ०८१/०८२ मा प्रहरीले लागू औषध सहित १८९ जना पुरुष र ११ जना महिला गरि दुई सयजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उक्त आर्थिक वर्षमा ३७३ ग्राम ब्राउन सुगर, २४ किलो चरेश, २ किलो गाजा, ४०० थान एम्पुल र १३३ थान ट्याब्लेट बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जोशीको कार्यकालमा अनुसन्धान गरिएका मुख्य घट्ना सम्बन्धि कार्यक्रममा जानकारी दिइएको छ ।प्रहरीले २०८१ कार्तिक ८ गते भीमदत्त नगरपालिका ४ बाट २८।३८ ग्राम खैरो हेरोईन सहित २ जना भारतीयलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानपछि भारतीय नागरिक पुर्पक्षका लागि कञ्चनपुर कारागारमा चलान गरिएका छन् ।
२०८१ कार्तिक १३ पुनर्बास नगरपालिका २ बाट १ सय १८ ग्राम ३६० मिलि ग्राम खैरो हेरोईन सहित २ जना मानिस पक्राउ गरिएको थियो । त्यसमा प्रहरी अनुसन्धानपछि एक जनालाई छाडिएको थियो ।बेलडाडी गाउँपालिका २ बाट २०८१ मंसिरमा १३।३९ ग्राम खैरो हेरोईन सहित २ जना मानिस पक्राउ गरिएको थियो ।बेलौरी नगरपालिका ६ भुराकोटका शिया राम रानाको शंकास्पपद मृत्यु घटना अनुसन्धान गरी संलग्न पक्राउ गरिएको थियो । प्रहरी अनुसन्धानमा रानाकी श्रीमति र भारतीय नागरिक फारुकले हत्या गरेको खुलेको थियो ।
भीमदत्त नगरपालिका ८ तिलाचौडमा आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने पूर्व प्रहरी सहायक निरीक्षक नरेन्द्र सिंह बिष्टलाई पक्राउ गरेको थियो ।लालझाँडी गाँउपालिका १ बिनावारीस्थित मृतक रमेश वडायक र उनकी श्रीमति कमला बडाउनको हत्याको अनुसन्धान गरी मुद्दा चलाएको थियो ।
प्रहरीले अनुसन्धानपछि लालझाडी गाउँपालिका २ कञ्जका ४३ को गंगा राम रानालाई पक्राउ गरिएको थियो । बडायले आफ्नै घरमा सञ्चालन गरेको होटेलमा २०८१ कार्तिक ८ गते राना दम्पत्ति मृत भेटिएका थिए ।प्रहरी समुदाय साझेदारी अन्र्तगत जिल्लाभर विभिन्न कार्यक्रम गरिएका छन् । प्रहरी प्रधान कार्यालयसित गरिएको सम्झौता अनुसार उनले कामकाज गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ६ सय ५५ कार्यक्रम गरिएका छन् ।नागरिक सुनुवाई, सामुदायिक कार्यक्रम, मुद्दा चल्ने प्रहरी इकाई कार्यालयमा पुस्तकालय सञ्चालन, सिसिटिभी जडान, सशस्त्र प्रहरीसंग संयुक्त अभ्यास, आत्महत्या न्यूनीकरणका लागि अभियान सञ्चालन लगायतका कार्यक्रम गरिएका छन् ।
एसपी जोशीको कार्यालयमा प्रहरी कार्यालयमा नवप्रद्र्धनात्मक कार्य गरिएका छन् । त्यसमा हिरासत कक्ष मर्मत, हिरासत कक्षमा पुस्तकालय स्थापना, प्रहरी कार्यालय सौन्दर्यकरणका लागि धुबीको विरुवा बृक्षारोपण, कार्यालयमा बाटो निर्माण र मेलमिलाप चौतारी निर्माण लगायत कार्य कार्य सम्पादनमा समावेश गरिएका छन् ।
















Discussion about this post