सामना साँस्कृतिक परिवारले शनिबार विशेष साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने

सार्थक ब्यूरो । सामना साँस्कृतिक परिवार-कलाकारको टोली कञ्चनपुर पुगेको छ । समाजवाद लागि साँस्कृतिक अभियानका लागि पुर्वी नेपालदेखि शुरुवात गरिएको अभियान बिहीबार कञ्चनपुर पुगेको हो ।नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले शनिबार महेन्द्रनगरमा विशेष कार्यक्रम प्रस्तुत हुने बताए । उनका अनुसार जिल्ला पुगेका कलाकारको टिमले यहाँको समेत बस्तुस्थिति समेत बुझेर थप शनिबार बृहद प्रस्तुत गर्ने बताए ।सामना साँस्कृतिक परिवारका कलाकार आरोह सीले देशका अन्य जिल्लाहरुमा संचालन गरिएको अभियान कञ्चनपुर पुगेको बताए ।
कञ्चनपुरबाट सकेर अन्य जिल्लाहरुमा समेत प्रस्तुत गरिने र काठमाण्डौँमा पुगेर समापन गरिने बताए । उनका अनुसार देशमा पछिल्लो समयमा भ्रष्टाचार विरुद्ध र समाजवादका लागि सामना साँस्कृतिक अभियान अन्तर्गत गित,नृत्य ,कवितात्मक नाट्क, ओपेरा लगायतको प्रस्तुती गरिने छ ।
तीन वटा चरणमा कार्यक्रम गर्ने निर्धारण गरिएको थियो। जसमा पहिलो चरण नुवाकोट असोज ०८१ मा दोस्रो चरण इलाम झापा मोरङ उदयपुर फागुन, बैशाख दाङको बराह,तुलसीपुर बाके बर्दिया कैलाली र कञ्चनपुरमा आयोजना हुँदै आएको छ।
समाजवादको नारालाई बलियो बनाउने उद्देश्यले साँस्कृतिक क्रमिहरु लगायतको टिम रहेको छ। बैशाख २२ गते सुर्खेतमा कार्यक्रम गर्ने कार्यतालिका रहेको छ। सामना साँस्कृतिक परिवारका संस्थापक मणी थापाले समाजवाद निर्माणका लागि साँस्कृतिक कार्यक्रम मार्फत कार्यक्रम गर्न लागिएको बताए ।
सामना साँस्कृतिक परिवारका बरिष्ठ कलाकार समेत रहेका नेकपा पोलिट्ब्यूरो सदस्य माईला लामाले समाजवादीका लागि सबै कम्युनिष्ट एकजुट गराउनका लागि कार्यक्तम गर्न लागेको बताए । उक्त कार्यक्तममा सहभागिताका लागि आयोजकले आम सर्वसाधारणमा समेत आब्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित