लक्ष्मी दत्त पाण्डेय ,बैतडी
बैतडी जिल्लाको दोगडाकेदार गाँउपािलका वडा नं. ४ शाहीटोलका १५० घर परिवार खानेपानीवाट बन्चीत हुदा मर्कामा परेका छन् ।नानखोलीवाट लिफ्टमार्फत संचलनमा आएको खानेपानी योजना मर्मत सम्भार नभएपछि शाहीटोलवासी खानेपानिवाट बन्चीत भएका हुन ।गाँउमा खानेपानी नभएपछि १ घण्टा टाढाको नानखोलीवाट पानीको गाग्री डोकोमा वोकेर ल्याउनुपेर्न वाध्यता रहेको स्थानीय पार्वती भट्ट वताउनुुहुन्छ ।उहाँ जस्ता सयौँ घर परिवारले खानेपानी नपाउदा नजिकको खोला तथा आहालवाट दुषित पानी पिउनुपर्ने वाध्यता रहेको स्थानीय कौशिला ठगुुन्नाको गुुनासो रहको छ ।
आफूुले खानेपानी योजना मर्मत सम्भारकालागि पटक पटक खानेपानी डिभिजन कार्यालय बैतडी, बृहत जलाधार व्यवस्थापन केन्द्र पाटन, शहरी विकास तथा भवन निर्माण विभाग बैतडी र दोगडाकेदार गाँउपालिकामा लिखित तथा मौखिक अनुरोध गरे पनि कहि कतैवाट सुनुवाई नभएको स्थानीय समाजसेवी डम्मर सिह ठगुुन्ना वताउनुहुन्छ ।
अन्तरपालिका अनुुभव आदान प्रदान सम्पन्न
लक्ष्मी दत्त पाण्डेय ,बैतडी
नुवाँकोट जिल्लाको वेलकोट गढी नगरपालिकाका उप प्रमुख शिव प्रसाद दाहालले अन्तरपालिका स्तरीय अध्ययन अवलोकन भ्रमणवाट थप सिकाई हासिल हुने वताउनुुभएको छ ।
देश भरिका नमूना नगरपालिका मध्ये छनौटमा परेको पाटन नगरपािलका र वेलकोट गढी नगरपालिकामा भए गरेका काम कारवाही प्रति अनुुभव आदान प्रदान गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा वताउनु भएको हो ।
१३ वटा वडा र करिव ३५ हजार जनसंख्या भएको वेलकोट गढी नगरपालिकामा समुद्री सतहवाट ८० मि. देखि १ हजार आठ सय मि. सम्मको उचाई रहेका ठाँउहरुमा मौषमी तथा बेमौषमी अन्न वाली तथा तरकारीका लागि उपयुुक्त ठाँउ रहेको सो कार्यक्रममा जानकारी दिइयो । साथै धादिङ्गको बैरेनी गल्छिवाट १२ किलो मिटर को दूरीमा रहेको वेलकोट गढी ऐतिहासिक तथा पुरातात्वीक हिसावले महत्वपूर्ण रहेकाले वेलकोट गढी भ्रमणका लागि उप प्रमुख दाहालले अनुरोध गर्नुभयो ।
सोही कार्यक्रममा पाटन नगरपालिका बैतडीका उपप्रमुख कमल सिह वोहराले १० वटा वडामा करिव ३० हजार जनसंख्या रहेको पाटन नगरपालिकामा १२ वटा ज्योर्तलिङ्ग मध्ये रामेश्वर धाम र विश्वनाथ धाम ज्योर्तिलिङ्ग तथा महारुद्र धाम, बारागर धाम लगायतका धार्मीक पर्यटकीय स्थल रहनुका साथै सम्षितोष्ण हावापानी भएको पाटन नगरपालिका अन्नवाली, तरकारी खेती र फलफूूल खेतीका लागि उपयुुक्त रहेकाले नेपाल सरकारले धान, मकै र गहुुँको पकेट क्षेत्र छनौट गरेको वताउनुुभयो ।
पाटन नगरपालिकाका प्रमुख गौरी सिह रावलको अध्यक्षतामा सम्पन्न अन्तरपालिका स्तरीय अध्ययन अवलोकन भ्रमणमा वेलकोट गढी नगरपालिकाका न्यायीक समिति सदस्य, वडन अध्यक्ष, नगर कार्यपालिका सदस्य र मेलमिलाप कर्ता गरि २४ जनाको सहभागीता रहेका थियो ।अभिमुखिकरण तालिम सम्पन्न
लक्ष्मी दत्त पाण्डेय ,बैतडी
जिल्ला आयुर्वेद केन्द्र मेलौली बैतडीको आयोजनामा पाटन नगरपालिकाका जनप्रतिनिधीहरुलाई एक दिने आयुर्वेद सेवा सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ
नसर्ने रोग र जिल्लामा रहेका जडीवुटीहरुको उपयोग तथा संरक्षणका वारेमा जानकारी दिने उद्धेश्यले सो तालिमको आयोजना गरिएको हो ।
स्थानीय जडिवुटीको पहिचान तथा प्रशोधन गरि सेवन गर्दा नसर्ने रोगको कारण र भेद पत्ता लगाउन सजिलो हुने र रोग निदानका उपायहरुको खो िजगर्न सकिने सो कार्यक्रममा जानकारी दिईयो ।
सुुदूूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत संचालित जिल्ला आयुुर्वेद केन्द्र मेलौली मातहत ३ वटा आयुुर्वेद ओषधालय र ४ वटा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा रहेका कार्यालय प्रमुख हिक्मत वहादुर चन्दले जानकारी दिनुुभयो ।एलोपेथिक औषधिले साईड ईफेक्ट गरि अर्को रोग वल्झाउने हुदा आयुुर्वेदिक औषधीको सेवन गरि सर्ने तथा नसर्ने रोगको उपचार गर्न डा.सृजना भण्डारी वताउनुहुुन्छ ।


















Discussion about this post