दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी

सार्थक ब्यूरो । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८र७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० रुपियाँ र बाँकी जिल्लामा प्रतिलिटर पाँच रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका किसानलाई १० रुपियाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रतिलिटर पाँच रुपियाँ अनुदान दिँदै आएको हो ।
मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आव २०७८र७९ मा एक हजार पाँच सय जना दुध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार सात सय लिटर दुधमा २८ लाख २७ हजार भुक्तानी भएको छ । यस्तै आव २०७९र८० मा तीन हजार ५३ जना किसान लाभान्वित भएका छन् । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको थियो । आव २०८०र८१ मा तीन हजार ७७६ जना किसान लाभन्वित भएका थिए । उक्त आवमा ३७ लाख ९१ हजार ४२९ दुध उत्पादन भएको सूचना अधिकारी बरालले बताउनुभयो । चालु आव २०८१र८२ का लागि प्रदेश सरकारले एक करोड ३७ लाख आठ हजार रुपियाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित