देशको अर्थतन्त्र कता जाँदैछ ?

सार्थक ब्यूरो । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देशको अर्थतन्त्रमा अपेक्षाकृत सुधार आउन नसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले यसो गरिए व्यापार घाटा न्यूनीकरण हुने बताउँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराउनुभयो। उहाँले लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र सरकारको उच्च प्राथमिकतामा पर्दा–पर्दै पनि नागरिकको अपेक्षा र चाहनाअनुसारको आर्थिक विकास र वृद्धि हुन नसकेको टिप्पणी गर्नुभयो।
सांसद् पौडेलले भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६६ अर्ब ५ करोडको सोयाबिन तेल (कच्चा), २२ अर्ब ६४ करोडको सनफ्लावर (कच्चा), १८ अर्ब ५ करोडको धान, १३ अर्ब ७८ करोडको चामल, १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु आयात भएको बताउनुभयो। उहाँको प्रश्न छ, “यस्तो कहालिलाग्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्र कता जाँदैछ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित