सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

मेयर बोगटीले स्थायी बसोबास हुने गरी आफूले व्यवस्थापन गर्ने आश्वासन दिए

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ बैशाख २२, सोमबार ७:४३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
मेयर बोगटीले स्थायी बसोबास हुने गरी आफूले व्यवस्थापन गर्ने आश्वासन दिए

सार्थक ब्यूरो । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले वादी समुदायको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् । भीमदत्त नगर विकास समितिमा आइतबार वादी समुदायका अगुवासित छलफलमा मेयर बोगटीले कुनै पनि हालतमा व्यवस्थापन गरिने बताएका हुन् ।
भीमदत्त नगरपालिकाले एक महिना अघि डोजर लगाएर होटेल ओपेरा नजिकबाट वादी समुदायका टहरा भत्काएको थियो । टहरा भत्काएपछि वादी समुदाय भीमदत्त नगरपालिकामा अनिश्चितकालिन धर्ना बसेका थिए ।
आइतबार नगर विकास समितिको बैठकपछि उनीहरुसित छलफल गरिएको छ । मेयर बोगटी बैठकमा सहभागी भएपछि वादी समुदायले नगर विकास कार्यालय घेराउ गर्न पुगेका थिए । बैठकपछि वादी समुदायका अगुवासित छलफल गरी मेयर बोगटीले व्यवस्थापन गर्ने आश्वासन दिएका हुन् ।
‘वादी समुदायको समस्या थाह छ, वर्षा अघि नै म जसरी पनि व्यवस्थापन गर्छु भनेर मेयर सापले भन्नु भयो’ बैठकमा सहभागी वादी समुदायका अगुवा शिवीराज रानाले भने,‘वहाँले आफ्नो भनाई अनुसार व्यवस्थापन हुन्छ भन्ने आशावादी छौ ।’
मेयर बोगटीले वादी समुदायको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगसित पनि छलफल गरी अघि बढ्ने जानकारी गराएको रानाले बताए ।कञ्चनपुरमा गत महिनादेखि आयोगको कामकाज फेरि अघि बढेको हो । मेयर बोगटीले वादी समुदाय व्यवस्थापनलाई प्राथमिकता दिन आयोगलाई आग्रह गर्ने छलफलमा बताए । आयोगले प्राथमिकता दिए वादी समुदायले छिट्टै पूर्जा पाएर व्यवस्थापन गर्न सकिने मेयर बोगटीको भनाई थियो ।
छलफलमा वादी समुदायका अगुवाले वर्षा याम सुरु भइ सकेकाले तत्काल व्यवस्थापन गर्न पर्नेमा जोड दिए । उनीहरुले सिटी हल आशपास क्षेत्रमा अस्थायी बसोबासका लागि मेयरलाई आग्रह गरे । मेयर बोगटीले स्थायी बसोबास हुने गरी आफूले व्यवस्थापन गर्ने आश्वासन दिए ।
बैठकमा टहरा भत्काइएका परिवारलाई भीमदत्त नगरपालिका ९ ब्रह्मदेबको जमुनाभाडीस्थित खाली जमिनमा व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको छ ।जमुनाभाडीमा वादी समुदायको वस्ती छ । वस्ती नजिक तीन चार बिगाहा जमिन छ । भीमदत्त नगरपालिकाले यस जमिनलाई केही वर्षदेखि संरक्षण गर्दै आएको छ ।वादी समुदायका अगुवा रानाले आफूहरुले मानवीयताका आधारमा वर्षा याम अघि नै व्यवस्थापन गर्न मेयर बोगटीसित आग्रह गरिएको बताए ।
बैठकमा मेयर बोगटी सहित भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट र भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम लगायत सहभागी थिए । छलफलसम्म वादी समुदायले नगर विकास कार्यालय घेराउ गरेको थियो ।चैत २१ गते टहरा भत्काएपछि नगर पीडित संघर्ष समिति गरी उनीहरु भीमदत्त नगरपालिकामा अनिश्चितकालिन धर्ना बस्दै आएका थिए ।नगरपालिकाले आफ्नो मागप्रति वास्ता नगरेको भन्दै बैशाख १४ गते वादी समुदायका महिलाले अर्धनग्न प्रदर्शन गरेका थिए ।अर्धनग्न प्रदर्शनपछि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमको कार्यकक्षमा अगुवासित छलफल गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत बमले मेयर बोगटी लगायतसित छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका थिए
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले नक्षत्र पार्क बनाउन ठेक्का खोलेपछि वादी समुदायका टहरा डोजर लगाएर भत्काएको थियो । भीमदत्तको नगर प्रहरीले टहराभित्रका समान समेत बाहिर ल्याउन नदिएर टहरा भत्काएको थियो ।
वादी समुदायले टहरा भत्काएपछि भएको क्षतिपूर्ति समेत माग गर्दै आएको छ । होटेल ओपेरा नजिक नगर विकास समितिको जग्गामा २०५२ सालदेखि ४० भन्दा बढी परिवार बस्दै आएका छन् टहरा भत्काएपछि उनीहरु विकल्प नभएर सोही स्थानमा त्रिपाल हालेर बसेका छन् ।
नगर विकास पीडित संघर्ष समितिका संयोजक वसन्ती वादीले टहरा भत्काएपछि आफूहरुको बिचल्ली भएको बताइन् । ‘हाम्रा टहरा भत्काएर बिचल्लीमा पारेका छौ। पानी आएपछि कहाँ बस्ने, राति त्यस्तै समस्या छ, सर्प किराको सबै डरको छ’ उनले भनिन् ।

Previous Post

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनोट

Next Post

प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

Next Post
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.