राजावादीले निर्णायक धक्का दिने भन्दै नयाँ आन्दोलनको घोषणा गर्दै

सार्थक ब्यूरो । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको बैठक सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकपछि केही समय सेलाएको राजावादी आन्दोलन फेरि जाग्ने दाबी गरिएको छ ।
समितिको बैठक संयोजक नवराज सुवेदीको अध्यक्षतामा बस्ने भएको छ । बैठकमा यसअघि उनको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा। जगमान गुरुङ पनि सहभागी हुनेछन् ।
गत चैत १५ गते भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो । केही दिनअघि मात्रै उनको घरमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । नजरबन्द हटेसँगै सुवेदी पुनः संयोजकको जिम्मेवारीमा फर्किएका छन् । आज बस्ने बैठकले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने समितिका प्रवक्ता स्वागत नेपालको भनाइ छ । अब आन्दोलनमा उत्रिन ढिलाइ हुँदैन । सत्ता पक्षलाई निर्णायक धक्का दिने गरी आजै नयाँ आन्दोलनको घोषणा गर्नेछौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित