दुइ छुट्टाछुट्टै दुर्घटनामा २ काे मृत्यु

सार्थक ब्यूरो । कैलालीको धनगढीका एक युवकको भारतको पलिया जाने क्रमम स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया जाने क्रमम स्कुटर दुर्घटनामा मृत्यु भएको हो।
भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक युवक घाइते भएका छन्। उनको घनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।त्यस्तै गरि कैलालीमा मोटरसाइकल र हायस आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिएका हुन्। मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।
दुर्घटनामा घाइते भएका मोटरसाइकमा सवार कडायतलाई घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएकोमा घोडाघोडी अस्पतालका चिकित्सकले कडायतलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ। चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित