बेदकोट नगरपालिका का नगर प्रमुख भोजराज बोहरा सँग ई विकल्प दैनिक डट.कम.का सम्पादक रनि विवसले गरेको कुरा कानीमा आधारित समसामायिक समय सान्दर्भिक भएकाले साभार गरि प्रकाशित गरिएको छ ।

सार्थक ब्यूरो । तीन वर्षको अनुभव राम्रो रह्यो । निर्वाचित भएर आई सकेपछि जनताको इच्छा, आकाँक्षा, गुनासा र विकासका समस्याबारे सुन्ने मौका पाइयो । देशको आर्थिक अवस्था कमजोर छ, देशमा आर्थिक मन्दी छ, आर्थिक अवस्था ओरालो लाग्दो छ ।यो आर्थिक अवस्थाले सोचे अनुसार काम गर्न सकिएन । हामीसित उपलब्ध स्रोत साधन जनताका इच्छा आकाँक्षा पूरा गर्ने प्रयास गरेका छौ । आर्थिक मन्दीले अपेक्षित बजेट आउन सकेन । संघ सरकारबाट आउने बजेट बर्सेनी कटौती भएर आयो । स्थानीय आम्दानी दोब्बरले बढायौ । हामी आउँदा बेदकोट नगरपालिकाको आन्तरिक आम्दानी २ करोड थियो । अहिले यो बढेर चार करोड पुगेको छ । यसका लागि राजश्व संकलनमा कडाई र करका दायारा विस्तार गरिएका छन् । अर्को कुरा आन्तरिम आम्दानी बढ्नमा नदीजन्य स्रोतको मूल्य वृद्धि पनि हो । त्यस बाहेक राजश्वका नयाँ स्रोत खोजी गरी अघि बढेका छौ ।
तीन वर्षमा चुनावी वाचा अनुसार शिक्षा, स्वास्थ्य, सडक, कृषि, पूर्वाधार पर्यटन लगायतका कार्यलाई प्रागमिकता दिएका छौ । शिक्षा क्षेत्रमा केही सुधारका काम भएका छन् । पहिला र अहिलेको तुलनामा शिक्षा क्षेत्रमा गुणात्मक र भौतिक दुबै किसिमका सुधार छ । कोभिड महामारी संक्रमणले शैक्षिक क्षेत्र अस्तव्यस्त थियो । शैक्षिक क्षेत्रमा कोभिडको असर व्यापक रुपमा परेको थियो । कोभिडले समस्यामा परेका विद्यालय सञ्चालन गरेका छौ ।
स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाका काम भएका छन् । त्यसमा जनशक्ति व्यवस्थापन गरिएको छ । सरकारी मापदण्ड अनुसार पाइने औषधि लगायतका स्वास्थ्य सेवा प्रवाह हुँदै आएका छन् । बेदकोटका सबै वडामा सडक निर्माण, विस्तार, कालोपत्रेका कार्य गरिएका छन् । अहिले बर्सेनी १३÷१४ किलोमिटर कालोपत्रे सडक बनाई रहेका छौ । हामीसित उपलब्ध स्रोत साधन प्रयोग गरी वडा वडामा बाटाघाटा निर्माणका कार्य गरिएका छन् । वडा वडामा सडक विस्तार र पानी पिच गरिएका छन् धेरै सडक ।
कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरेका छौ । सिसैयामा कोल्ड स्टोर निर्माण बनि रहेको छ । यो अन्तिम चरणतिर पुगेको छ । १६ करोडको लगानीमा कोल्ड स्टोर बन्दैछ । हालसम्म यसमा ६ करोड खर्च भइ सकेको छ । स्टोरको एक च्याम्बर पूरा हुने अवस्था छ । त्यसको च्याम्बर पूरा हुने क्रममा छ । १२÷१३ हजार क्विन्टल क्षमता छ । यो कोल्ड स्टारको गुरु योजनामा २३ हजार क्विन्टल छ ।
बेदकोट नगरपालिका ४ बैतोडामा सामुलायिक चौपाया व्यवस्थापन गरिएका छन् । पूर्व पश्चिम राजमार्गमा जताजतै चौपाया देखिन्थे । चुनावमा स्थानीयले चौपाया व्यवस्थापनलाई गम्भीर रुपमा उठाएका थिए । स्थानीयको माग अनुसार चौपाया व्यवस्थापन गरिएको छ ।
संघ र प्रदेश सरकारसित समन्वय गरी पुल पुलेसा निर्माण गरिएको छ । बजेट नभएर बैतोडामा प्राङगारिक मलखाद कारखनाको काम अघि बढ्न सकेन । यसको डिपीआर बनि सकेको छ । बजेट भएपछि यसलाई अगाडि बढाउने छौ ।
छेला औद्योगिक क्षेत्रका लागि सुरुदेखि पहल गरियो । यो योजना संघ सरकारको हो । औद्योगिक क्षेत्रको काम अघि बढाउन वन मन्त्रालय र उद्योग मन्त्रालयबीच सहमति अन्तिम चरणमा छ । औद्योगिक क्षेत्रका लागि सामुदायिक वनले जमिन दिएको छ । वन मन्त्रालयले त्यसमा भएका रुख हटाउनु पर्ने हो । रुख हटाएपछि काम अघि बढ्छ । हामीले संघ सरकारलाई औद्योगिक क्षेत्रको काम छिटो गर्नु होस, छिटो गर्नु होस भनेर आग्रह गर्दै आएका छौ ।
जनताको माग अनुसार खानेपानीका योजनाका कामकाज अघि बढेका छन् । सिसैया खानेपानी योजनाको काम सकिएको छ । हजारा खानेपानी योजना निर्माणको क्रममा छ । सबै नगर वासिन्दाका घरमा शुद्ध खानेपानी पुगाउने लक्ष्य लिएर अघि बढेका छौ ।
बेदकोट नगरपालिकाका दक्षिण र पूर्वी क्षेत्रका वस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका छन् । निकुञ्जका जनावरले वस्तीमा आएर बालीनाली नोक्सान गर्दै आएका छन् । कहिलेकाही मानवीय क्षति समेत भएका घट्ना छन् । सुदूरपश्चिम प्रदेश सरकारसित समन्वय गरी निकुञ्ज किनारमा मेसवायर लगाईएको छ । यसले निकुञ्ज किनारका वस्तीमा हुने क्षति कम भएको छ ।
पर्यटन प्रर्वद्धनका काम भएका छन् । पर्यटनका लागि पूर्वाधार निर्माणका काम गरिएका छन् । बेदकोट तालमा यस वर्ष पनि पर्यटन प्रवद्र्धनका काम गरि रहेका छौ ।
नगर प्रहरी तत्कालै राख्ने कार्य गरी अघि बढेका छौ । कर्मचारी संगठन संरचना९ओएनएम० गरी यो प्रक्रिया थाल्छौ । नगरपालिका सञ्चालनका लागि आवश्यक आवश्यक कानुन निर्माण गरि रहेका छौ । नगर वासिन्दालाई नगरपालिका आउनै नै नपर्ने गरी वडा कार्यालयबाट सेवा प्रवाह गरि रहेका छौ ।
स्थानीय निर्वाचनमा भूमिको कामलाई प्राथमिकता दिने वाचा गरेका थियौ । भूमिको काम अन्र्तगत नापी लगभग सकिन लागेको छ । ९५ प्रतिशत जमिन नापी भई सकेको छ । ५ प्रतिशत बाँकी छ । भूमि आयोगको साथ पाए ६ महिनाभित्रै पूर्जा दिन सकिन्छ ।
यी तीन वर्ष हेर्दा सन्तोसजनक नै लाग्छन् । चुनावमा गरिएका सबै वाचा पाँच वर्षमा पूरा गरी निस्कन्छौ । त्यसैले समग्रमा यी तीन वर्षलाई हेर्दा हामी हामी चाहिँ निराश छैनौ, यो भन्दा बढी ज्यादा गर्न सकिन्थ्यो, तर देशको अवस्थाले त्यो सम्भव भएन । म यसलाई सन्तोस जनक नै मान्छु ।


















Discussion about this post