सार्थक ब्यूरो । नेकपा एमाले कञ्चनपुरका युवा र विद्यार्थीले रक्तदान गरेका छन । ‘देशलाई सबैखाले भ्रष्टाचारको काण्डबाट मुक्त गरौँ भन्ने मुल नाराका साथ एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा रक्तदान गरेका हुन । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कञ्चनपुरको आयोजनामा रक्तदान गरिएको जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका युवा नेता नविन चन्दले युवा सघको ३६औँ र अनेरास्ववियुको ६१औँ स्थापना दिवसका रक्तदान गरिएको बताए । युवा नेता चन्दले देश र जनताका लागि आवश्यक परेका बेला संघर्ष सहित समाजिक कार्यका लागि रक्तदान गरेको बताए । अनेरास्ववियुका अध्यक्ष अमर सिह धामीले संयुक्त रुपमा गरिएको रक्तदान कार्यक्रमबाट जिल्लाका दर्जनौँ युवा विद्यार्थीले रक्तदान गरेका छन ।
बिरामीका लागि आकस्मिक चाहिने रगतको अभाव हुन नदिने उक्त रक्तदानले टेवा पुग्ने जनाएको छ । युवा विद्यार्थीले संगठनको स्थापना दिवसमा बिहान पाटी कार्यालयमा रक्तदान गरेसंगै साँझ अनाथालयमा समेत सहयोग गर्ने जनाएका छन ।


















Discussion about this post