विपद व्यवस्थापन र विषादीजन्य तरकारी नियन्त्रणको माग राख्दै भीमदत्तमा ज्ञापन

सार्थक ब्यूरो ।कञ्चनपुरको महाकाली तटिय क्षेत्रका स्थानीयले विपद् व्यवस्थापन नियन्त्रणदेखि भारतबाट आउने विषादीजन्य तरकारी नियन्त्रणकोे माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
बिहीबार भीमदत्त नगरपालिका महाकाली नदी नटिय क्षेत्रका स्थानीय र नगरका किसानहरुले विपद् व्यवस्थापन नियन्त्रणदेखि भारतबाट आउने विषादीजन्य तरकारी नियन्त्रणकोे माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका हु्न ।
उनीहरुले भीमदत्त नगरका मेयर पदम बोगटीलाई ज्ञापन पत्र बुझाउँदै विपद आउन दुई महिना मात्रै बाँकी रहदा तटिय क्षेत्रका जनता त्रासमा बाध्य बाध्य भएको भन्दै उनीहरुले यथाशिघ्र विपदजन्य दुर्घटनाबाट नागरिक सुरक्षित बनाउने कार्य गर्न भीमदत्त स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन ।
सोनापुर टोल सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष हेमा थापा९रोकाया०ले गत विगतका बर्षहरुमा समेत महाकाली र चुरे भएर बग्ने भुजेला, खन्याखोला सहितका खोलानदीबाट नदी तटिय क्षेत्रका जनता सबैभन्दा बढि प्रभावित भएको भन्दै विपद रोकथामका कार्यक्रम गर्न माग अघि सारेका छन ।
उनले तटबन्ध निर्माण, सेफ हाउस निर्माण, विपद व्यवस्थापन आकष्मिक कोष स्थापनादेखिका विपदबाट बाँच्ने योजना कार्यान्वयन गर्न माग अघि सारेको बताईन । ‘हामी बर्षनी विपद्बाट मुक्त हुन नसकेका छैनौँ, ‘उनले भनिन, ‘अहिले पनि विपद पुर्व तयारीका लागि थुप्रै समय छ, यो समयमा विपद्प्रतिकार्य गर्न आवश्यक छ ।’
भीमदत्त नगरपालिका विजय भगवती कृषक समुहका अध्यक्ष बीर बहादुर खडकाले भारतबाट उच्च रयसायनयुक्त विषादीवाला तरकारी नेपाल भित्रिने भएकाले त्यसले नेपाली नागरिकको जनस्वास्थ्यका ठुलो असर परेको भन्दै विषादीवाला तरकारी नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन । ‘भारतबाट आउने अखाद्य तरकारी नियन्त्रण गर्नुपर्छ, ‘उनले भने, ‘स्वदेशी किसानको हकहितका काम गर्नुपर्छ ।’ एनएनएसडब्लूए सुदृढी परियोजना समाजिक परिचालिका अनिता लाबडले महाकाली तटिय क्षेत्रका स्थानीयहरुले विपद् र कृषिका विषयमा अघि सारेका माग स्थानीय सरकारबाट सम्बोधन हुनुपर्नेमा जोडदिईन । उनले समयमै पालिबाट विपद व्यवस्थापन गरेर नागरिकको जिउधनकोे सुरक्षादेखि भारतबाट आउने विषादी तरकारी नियन्त्रण गरेर स्वदेशी किसान र उपभोक्ताको हितमा काम गर्नुपर्नेमा जोडदिईन । ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरका मेयर पदम बोगटीले विपद व्यवस्थापन गर्नका लागि सेफ हाउसदेखिका प्रर्बद्धनात्मक कार्यक्रम र स्वदेशी कृषि प्रर्बद्धनका लागि स्थानीय सरकारले आवश्यक कामकाज गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित