आगामी आर्थिक बर्षको बजेटको सन्दर्भमा अन्तर्कृया कार्यक्रम सम्पन्न

सार्थक ब्यूरो ।प्रेस चौतारी नेपाल रुपन्देहीले जेठ ३ गते  प्रदेश लुम्बिनी  सरकारले हालसम्म पुर्वाधार निर्माणमा गरेको प्रगति, प्रदेश गौरवका आयोजनाहरुको अवस्था तथा आगामी आर्थिक बर्षको बजेटको सन्दर्भमा प्रदेश सरकारका भौतिक पुर्वाधार बिकासमन्त्री भुमिश्वर ढकालसँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्कृया कार्यक्रममा सहभागी पत्रकारहरुले जनताले देख्ने र महसुस गर्नेगरी काम गर्न र मिडियामैत्री बजेट ल्याउन आग्रह गरे । मन्त्री ढकालले सरकारले हालसम्म गरेका कामहरुबारे जानकारी दिंदै मिडियाको क्षेत्रबाट निरन्तर खबरदारीको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, सचीव चित्र बहादुर कार्की, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय अध्यक्ष डा। बालकृष्ण चापागाईं, एमाले प्रदेश सदस्य तथा प्रेस चौतारी प्रदेश इन्चार्ज मोहन चापागाईं, प्रेस चौतारी केन्द्रिय सचीव प्रदीप आचार्य, केन्द्रिय सदस्यहरु अमृत गिरी, लक्ष्मण पौडेल, गणेश ज्ञवाली, प्रदेश संचार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रदेश उपाध्यक्षद्वय राम प्रसाद आचार्य, मिना ढकाल, प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, समाजवादी प्रेस संगठन लगायत विभिन्न मिडियामा क्रीयाशिल ९० जना बढी पत्रकारहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित