सार्थक ब्यूरो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशनात्मक पत्रविपरीत संसदीय दलले सिफारिस गरेपछि रेशम चौधरी पक्षधर रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् ।अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई निर्देशनात्मक पत्र र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाए पनिसंसदीय दलले भने रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । उनी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएका थिए ।
आर्थिक लेनदेनको अडियो प्रकरणमा नागरिक उन्मुक्तिबाट मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि चैत १६ गतेदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।


















Discussion about this post