स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित ,गेटामा दीप प्रज्ज्वलन

सार्थक ब्यूरो ।शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधीसभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधीसभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेकय पारित भएको हो । शिक्षा, विधान तथा प्रविधीमन्त्री रघुजी पन्तले विधेयकलाई पारित गर्ने प्रस्ताव प्रतिनिधीसभाको बैठकमा प्रस्तुत गरेका थिए । बहुमत सदस्यहरुले समर्थन गरेसँगै उक्त विधेयक प्रतिनिधीसभाबाट पारित भएको हो । यससँगै लामो समयदेखि कानुन अभावका कारण सञ्चालनमा आउन नसकेको गेटास्थित अर्बौ लगानीमा बनेका संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बाटो खुलेको छ । सरकारले झण्डै ८ अर्ब लगानीमा उक्त स्वास्थ्य संरचना निर्माण गरेको हो । सुरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने भनिएपनि पछि स्थानीयको माग र सरकारको निर्णयका कारण गेटामा मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउन लागिएको हो । विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको छ । विश्वविद्यालय अगाडि दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।
विधेयकको स्वागत र त्यसैको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित