सार्थक ब्यूरो । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको बताउनुभएको छ ।४१औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभई जनताका विरूद्व भएको बताउनुभयो ।उहाँले प्रश्न गर्नुभयो– हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?
राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउँदै महासचिव पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गर्नुभयो ।
राजावादीले जनतालाई निरङ्कुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरूद्व प्रहार गरिरहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने बताउँदै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने धारणा राख्नुभयो। विदेश जानु केहिको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेको हुँदा युवा विदेश पलायनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने उहाँले बताउनुभयो ।
















Discussion about this post